काठमाडौं, १५ साउन । नेपाल टेलिकमले जीएसएम÷सीडीएमए तथा एडीएसएलरएफटीटीएच सेवाका ग्राहकहरुका लागि प्रमोसनल अफर ल्याएको छ ।
अफर अनुसार टेलिकमले विदेशबाट आएको कल उठाउदा पनि अब बोनस दिने जनाएको छ । यो अफर भोलिदेखि लागू भई ९० दिनसम्म उपलब्ध गराइने टेलिकमले जनाएको छ ।
टेलिकमका अनुसार जीएसएम÷सीडीएमए प्रिपेड र पोष्टपेडका ग्राहकले एक सातामा ७ मिनेट वा त्यो भन्दा बढी कल रिसिभ गर्दा नेपाल टेलिकमको नेटवर्क भित्र ७ मिनेट भ्वाइस कल गर्न र ७ वटा एसएमएस निःशुल्क पठाउन सक्ने छन् । यस्तै टेलिकमले १ एमबीपीएससम्म गतिको एडीएसएल इन्टरनेट करसहित मासिक १००० मा उपलब्ध गराउने अफर पनि ल्याएको छ । पहिले मासिक १०१७ मा २५६ केबीपीएस गतिको एडीएसएल उपलब्ध थियो । त्यसैगरी टेलिकमले भोल्युम बेस्ड एडीएसएलको मूल्य पनि घटाइएको छ । पहिले २१ जीबी डाटाको लागि १९८० शुल्क लिइएकोमा अब १५ जीबी डाटा ३००– मै उपलब्ध हुने टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । त्यसैगरी २५ जीबी डाटाको ५०० र ४० जीबीको डाटाको मूल्य ७०० तोकिएको छ । यी डाटाको गति १ एमबीपीएस सम्म हुनेछ । त्यसैगरी टेलकिमले दर्ता शुल्क पनि घटाइएको छ । पहिले दर्ता शुल्क करवाहेक ५०० भएकोमा अब भोल्युम बेस्ड डाटाको लागि कर वाहेक २०० र अनलिमिटेड डाटाको लागि ३०० दर्ता शुल्क तोकिएको छ ।

 

 


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार