एजेन्सी । भारतको उत्तरप्रदेशको बदायूं जिल्लामा एक श्रीमानले आफ्नी गर्भवती श्रीमतीको धारिलो हतियारले यसकारण हमला गरे किनभने उनी गर्भमा हुर्किरहेको शिशु छोरा हो वा छोरी भनेर हेर्न चाहन्थे ।
घाइते महिलालाई गम्भीर अवस्थामा दिल्लीको एक अस्पतालमा उपचार चलिरहेको छ र प्रहरीले हमलाकर्ता श्रीमानलाई पक्राउ गरेको छ ।बदायूंका एसएसपी संकल्प शर्माले बीबीसी हिन्दीसँगको कुराकानीमा भने, ‘घाइते महिलाको भाइको तर्फबाट ऊजुरी पाइएको छ र त्यसै आधारमा मुद्दा दर्ता गरेर अभियुक्तलाई गिरफ्तार गरिएको छ । यद्यपि, सबै पक्षसँग घटनाबारे जानकारी लिइँदैछ र त्यसैको आधारमा थप कारवाही गरिनेछ ।’
बदायू जिल्लाको सिभिल लाइन्स थाना क्षेत्रको नेकपुर मोहल्लेमा बस्ने पन्नालालले आफ्नी गर्भवती श्रीमती अनिताको पेट हँसियाले काटिदिएको आरोप छ । अनिताको परिवार अनुसार पन्नालाल श्रीमतीको गर्भमा रहेको छैटौं सन्तान छोरा हुन् वा छोरी भनेर हेर्न चाहन्थे । पन्नालालकी श्रीमतीकी बहिनी रेखाले मिडियासँगको कुराकानीमा पन्नालालका पाँच छोरी छन् र छैटौं सन्तान पनि छोरीको रुपमा जन्मियोस् भनेर उनी चाहँदैनन् ।
रेखा भन्छिन्, ‘पन्नालालको आफ्नी श्रीमतीसँग यसबारे धेरैजसो झगडा भइरहन्थ्यो । उनले अनितामाथि कुटपिट पनि गर्ने गर्दथ्यो । शनिबार पनि उनले अनितालाई निर्घात कुटे र हँसियाले हमला गरे ।’ अनिताका भाइ राजिवका अनुसार बरेलीमा डाक्टरको सल्लाहमा अनितालाई आइतबार दिल्ली लगिएको छ किनभने उनको स्थिती गम्भीर छ । राजिव पनि उनीसँगै छन् ।
पन्नालालले गरे अस्विकारः
यद्यपि, हिरासतमा लिएपछि पन्नालालले मिडियासँगको कुराकानीमा अनितासँग उनको झगडा भएको र रिसमा उनले हँसियाले उनलाई हमला गरेको कुरा स्विकार गरे तर जस्तो आरोप लगाइँदै छ, त्यो उद्देश्यले भने श्रीमतीमाथि हमला नगरेको स्पष्टिकरण दिए ।
पन्नालालको भनाई थियो, ‘मेरा पाँच छोरी छन् । मेरा एक छोराको मृत्यु भइसकेको छ । मलाई थाहा छ कि बच्चा भगवानको देन हो, जे होला देखा जाएजा । मेरी श्रीमती सधैं मसँग झगडा गर्छिन् । शनिबार पनि झगडा भयो र रिसमा मैले हँसियाले उनलाई हानेँ । यसले उनी यति गम्भीर रुपमा घाइते होलिन् भनेर कल्पना गरेको थिइनँ ।’
यस्तै, पन्नालालका एक छिमेकीले नाम नबताउने शर्तमा यसको पछाडिको अर्को कहानीबारे जानकारी दिए । छिमेकी भन्छन्, ‘कुनै पण्डितले बदायूं जिल्लामा कुनै व्यक्तिको लगातार छैटौं छोरी जन्मने भविष्यवाणी गरेका थिए । डराएका पन्नालालले श्रीमतीलाई गर्भपतन गराउन भने । श्रीमतीले अस्विकार गर्दा उनीहरुबीच झगडा भयो र त्यसपछि पन्नालालले उनलाई घाइते बनाइदिए ।’
यद्यपि, पन्नालालकी छोरी र उनको परिवारका अनुसार मिडियामा जस्ता कुरा आइरहेका छन्, त्यो कारणले पन्नालालले श्रीमतीमाथि हमला गरेका होइनन् ।
एसएसपी संकल्प शर्मा भन्छन्, ‘प्रहरीले छिमेकीसँग पनि कुराकानी गरिरहेको छ र अभियुक्तका परिवारसँग पनि सोधपुछ गरिरहेको छ । अभियुक्तका छोरीहरु ठूला छन्, उनीहरुसँग पनि सोधपुछ भइरहेको छ । यी दुईको धेरैजसो झगडा भइरहने कुरा त आएको छ तर शनिबार सायद त्यस्तो केही नभएको पनि हुनसक्छ । अनुसन्धान चलिरहेको छ र चाँडै नै वास्तविकता सार्वजनिक हुनेछ । ’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




