लमजुङ । लमजुङमा बुहारी हत्या अभियोगमा सासु पक्राउ परेकी छिन् । लमजुङको मध्यनेपाल नगरपालिका– ५ पराजुलीबेसीमा १० दिन अघि मृत अवस्थामा फेला परेकी २३ बर्षीया एलिना मगरको हत्या आरोपमा प्रहरीले उनैकी सासु मनश्री मगरलाई पक्राउ गरेको हो ।
घटना विवरण अनुसार बिहान करिब साढे आठ बजेको समयमा एलिना सलको पासो लगाएर झुण्डिएको अवस्थामा घरको मथिल्लो तलामा भेटिएकी थिइन् । एलिना झुण्डिएको सासु मनश्रीले देखेकी थिइन् । घटना आठ बजेको भएपनि प्रहरीलाई ११ बजेतिर मात्र खबर भएकाले आशंका बढाएको एलिनाका बुवा रामबहादुर थापाले बताए ।
करिब तीन किमीको दुरीमा रहेको इलाका प्रहरी कार्यालय भोर्लेटारमा खबर नगरी जिल्ला प्रहरी कार्यालय लमजुङमा खबर गरिएकाले पनि सासुको नियतमाथी शंका बढेको रामबहादुरको भनाई छ ।
प्रहरी कार्यलय भोर्लेटारका प्रमुख सई दिपक रानाका अनुसार सासुले छिमेकीलाई खबर गरेपछि मृतक मगरका साइला ससुरा बहादुर थापा मगरले प्रहरीलाई खबर गरेका थिए ।
खबर पाउने बित्तिकै ईलाका प्रहरी कार्यलय भोर्लेटारबाट टोली घटना स्थल पुगेको सई दिपक रानाको भनाई छ । शवलाई पोष्टमार्टमका लागि क्षेत्रीय अस्पताल पोखरा पठाइएको छ । पोष्टमार्टम रिपोर्ट आएपछि मात्रै भन्न सकिने रानाको भनाई छ ।
कास्कीको रुपा गाउँपालिका– ९ को मौरीबेसी गाउँमा माइती भएकी एलिनाको आठ वर्ष अघि विवाह भएको उनका बुबा रामबहादुर थापाले बताए । उनका अनुसार घर र माइतीको दुरी आधा घण्टाको छ ।
एलिनाको ससुरा वैदेशिक रोजगारीमा छन् । घरमा सासु बुहारी मात्रै बस्दै आएका थिए । एलिनाको सासुका विरुद्धमा जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिइएको रामबहादुर थापाले एलिनाको नियोजित हत्या भएको दावी गरे ।
घटनामा सासुको बयान पटक पटक बदलिएकाले पनि हत्या हुन सक्ने भन्दै घटनाको सत्य तथ्य छानविनको माग माईती पक्षले गरेका छन् । बयानको क्रममा सासुले एलिना झुण्डिएपछि कहिले सल एक्लै काटेको त कहिले देवर (साइला) को सहयोगमा काटेको हुँ भन्दै आएकी छिन् । बुहारीलाई चारित्रिक लाञ्छना समेत लागेकाले पनि हत्या आशंका गरिएको छ ।
जिल्ला प्रहरी कार्यलय लमजुङमा मनश्रीका विरुद्ध आत्महत्या दुरुत्साहान मुद्दा जाहेरी परेको प्रहरीले जनाएको छ । मनश्रीलाई पक्राउ गरी जिल्ला अदालतबाट २० दिनको म्याद थप गरी अनुसन्धान अघि बढाएको प्रहरी नायव उपरीक्षक गंगाबहादुर थापाले बताए ।
सासुसँग प्रायः झगडा हुने गरकोले मानसिक तनावका कारण एलिनाले आत्माहत्या गरेको हुन सक्ने मृतकका छिमेकीले आशंका व्यक्त गरेका छन् । मृतकका एक छ बर्षीय छोरी छिन् भने श्रीमान भारतमा रोजगारीमा छन् ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




