एजेन्सी । डेमोक्रेट्रिकतर्फका प्रत्यासी जो बाइडेनले मिसिगन र विस्कन्सिन राज्यमा विजय हासिल गर्ने प्रोजेक्सन गरिएको छ । ह्वाइट हाउस जानका लागि बाइडेनलाई यी राज्यको मत निर्णायक साबित हुनेछ । अब कुनै एक ब्याटलग्राउन्ड स्टेटमा विजय हासिल गरे उनी राष्ट्रपति बन्नेछन् ।
मिसिगन र विस्कन्सिन राज्य डेमोक्रेटिक पार्टीको बाहुल्यता भएका राज्य मानिन्थे । यद्यपी, गत चुनावमा डोनाल्ड ट्रम्प त्यहाँबाट विजयी भए त्यसैले यसपटकको चुनावमा यी राज्यहरुलाई ब्याटलग्राउन्ड स्टेट मानिएको थियो । अमेरिकामा मतदान सकिएको २४ घण्टापछि पनि अहिलेसम्म कुनै पनि उम्मेदवारले आवश्यक २ सय ७० मत ल्याउन सकेका छैनन् ।
एसोसिएटेड प्रेस ९एपी० को प्रोजेक्सनअनुसार इलेक्टोरल संख्या २ सय ६४ पु¥याइसकेका बाइडेनको पक्षमा ७ करोड १ लाखभन्दा धेरै लोकप्रिय मत भइसकेको छ । जो अमेरिकी राष्ट्रपतिका लागि अहिलेसम्म प्राप्त सर्वाधिक धेरै मत हो ।
डोनाल्ड ट्रम्प अदालततर्फ
अझै पनि बाइडेनको विजय सुनिश्चित भने भइसकेको छैन । जर्जिया, पेन्सिलभेनिया, उत्तरी कारोलिना र नेभादाको नतिजा आउन बाँकी नै छ । नेभादाबाहेक अन्यमा ट्रम्प अघि छन् । यी सबै राज्य जित्नसके ट्रम्पले आफ्नो कार्यकाललाई निरन्तरता दिन पाउनेछन् । तर हुलाकमार्फत मतदानको दिनपछि प्राप्त भएका मतपत्रलाई वैध नस्विकार्ने भन्दै ट्रम्पले अदालतको ढोका ढक्कक्याएका छन् ।
राष्ट्रपति ट्रम्पको अभियनले मिसिगन र पेन्सिलभेनियामा मतगणना रोक्न माग गर्दै अदालतमा मुद्दा दर्ता गराएको हो । ट्रम्पले यसअघि नै मतदान सकिएपछि पनि मानिसहले भोट खसालिरहेको आरोप लगाएका थिए । उनले धाँधली भएको भन्दै मतगणना रोकिनुपर्ने माग गरेका थिए । निष्पक्ष रुपमा जनताले आफुलाई नै जिताएको उनको दाबी थियो ।
अमेरिकामा यसपटक झन्डै १० करोडले इलेक्शन डेअघि नै भोट खसालेका छन् । त्यसमध्ये अधिकांश भोट ईमेल र हुलाकमार्फत प्राप्त भएका छन् । ३ नोभेम्बरअघि नै भोट गरेर पठाइएका केही मतपत्र अहिले पनि प्राप्त भइरहेको छ । पेन्सिलभेनियाले शुक्रबारसम्म आउने मतपत्रहरुलाई मान्यता दिने जनाएको छ । यद्यपी, ट्रम्पले यस्ता मतपत्रलाई अवैध ठहर गरेका छन् । जनताले आफुलाई दिएको मत चोर्ने कोसिस भइरहेको उनको आरोप छ ।
एपी
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




