हिरोसीमा, २२ साउन । जापानको हिरोसीमामा सन् १९४५ को अगष्ट ६ मा एटमिक बमको आक्रमणबाट भएको नरसंहारको आइतबार सो नगरमा विशेष समारोहको आयोजना गरी स्मरण गरिएको छ ।
हिरोसीमा नगरमा जम्मा भएका दशौँ हजारको सङ्ख्याका नागरिकले सन् १९४५ मा आजकै दिन भएको सो आक्रमणको स्मरणगर्दै त्यस बम आक्रमणमा परी भएको नरसंहारमा ज्यान गुमाउनेहरुप्रति श्रद्धाञ्जलि अर्पण गरेका थिए । दोस्रो विश्व युद्धका समयमा अमेरिकाबाट भएको त्यस हमलामा परी कम्तीमा पनि एक लाख ४० हजार नागरिकको ज्यान गएको थियो । एटम बमको बिकीरणका कारण घटनास्थलमै ती नागरिकको ज्यान गएको थियो भने अरु कैयौँ घाइते भएर रहेका थिए । उनीहरुले निकै पछि सम्म पनि स्वास्थ्य र शारीरिक जटिलताको समस्या झेलेर बसेका थिए ।
आज सो हमलाको ७२ बर्ष पूरा भएको छ । हिरोसीमामा बम खसालिएको स्थानमा प्रत्येक बर्ष आजकै दिन दशौँ हजार नागरिक जम्मा हुन्छन् र शान्तिको कामना गर्ने गर्दछन् हिरोसीमाबाट प्राप्त समाचारमा जनाइएको छ । बम खसालिएको सो स्थानमा शान्ति स्तुपा निर्माण गरिएको छ । उक्त स्तुपामा जम्मा भएका नागरिकले संसारमा फेरि यस्तो कहिल्यै नहोस भनेर कामना गर्ने गर्दछन् । त्यस घटनाका जिवीतहरु केही अहिले पनि रहेका छन् । उनीहरु पनि आजको उक्त बार्षिकी कार्यक्रममा उपस्थित भएका थिए । सो बार्षिकीमा आज कम्तीमा पनि ५० हजार जना जम्मा भएका थिए । आजका दिन हिरोसीमामा संसारका विभिन्न देशका प्रतिनिधि पनि सहभागी हुने गर्दछन् । आज पनि उनीहरु यहाँ पुगेका बताइएको छ । हिरोसीमाबाट प्राप्त समाचारमा जनाइएअनुसार आज यहाँ विश्वका ८० देशका नागरिक आएका थिए । उनीहरुले हिरोसीमामा विश्वयुद्धका समयमा भएको नरसंहारबाट अब संसारमा यस्तो हिंसा कहिल्यै नहोस भन्ने सन्देश आफ्नो देशमा लिएर जाने बताइएको छ ।
दोस्रो विश्वयुद्धका समयमा अमेरिकी सेनाले सन् १९४५ को अगष्ट ६ मा अर्थात् आजको दिनमा हिरोसीमामा र त्यसको तेस्रो दिन अगष्ट ९ मा नागासाकीमा हेलिकोप्टरबाट एटम बम खसालेर हमला गरेका थिए । यी दुवै स्थानमा गरी दुई लाखभन्दा बढी मानिसको ज्यान गएको थियो । अमेरिकाले यी दुवै सहरमा एटम बमबाट हमला गरेपछि जापानले अगष्ट १५ मा आत्मसमर्पण गरेको थियो । जापानको यो आत्मसमर्पणसँगै दोस्रो विश्वयुद्धको अन्त्य भएको थियो । त्यस यता संयुक्त राष्ट्रसंघ एवम् विश्वका विभिन्न देशमा कार्यरत शान्तिका कार्यकाकर्ताहरुले युद्ध नगर्न र संसारमा शान्ति स्थापना गर्न प्रेरित गर्ने गरेका छन् ।
हिरोसीमामा आयोजित विशेष वार्षिकी कार्यक्रमलाई सम्बोधन गर्दै हिरोसीमा नगरका मेयर काजुमी मात्सुइले हिरोसीमाको नरसंहार हेरेर पनि संसारका देशले युद्धको पक्षमा कुनै काम गर्न नहुने धारणा राखे । उहाँले बमरहित विश्व निर्माणका लागि जापान सरकारले जे गर्न सक्छ संसारका लागि त्यो गरोस भनी आग्रह पनि गरे । उनले त्यस समयमा जापानको हिरोसीमा शहरमा भएको मानवीय र भौतिक मात्र नभएर सांस्कृतिक र भावनात्मक क्षतिको पनि फेहरिस्त प्रस्तुत गरेको प्राप्त समाचारमा जनाइएको छ । उनले उक्त बम हमलाबाट बाँचेका नागरिकलाई थप सहयोग गर्न र उनका परिवारहरुको मानसिक घाउ निकोपार्न केही न केही काम गरोस भनी आग्रह पनि गरे । सो समारोहलाई सम्बोधन गर्दै जापानी प्रधानमन्त्री सिन्जो आबेले आणविक हतियाररहित विश्व निर्माणका लागि जापानले गरिरहेको प्रयत्न संसारमा कुनै न कुनै दिन सार्थक हुने बताए । उनले विश्वमा बढ्दो मात्रामा देखिएका विविभन्न खाले हिंसाको अन्त्य गरी शान्ति स्थापनाका लागि संसारका मानिसलाई हिरोसीमा नरसंहारले सन्देश दिन सकोस भन्ने कामना गरे ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




