एजेन्सी । कोरोना भाइरसबाट सुरक्षा दिने प्रभावकारी खोप तयार भएको छ । कोरोनाविरुद्धको पहिलो प्रभावकारी खोप तयार भएको र सो खोप लगाएकामध्ये ९० प्रतिशत बढीलाई सुरक्षा प्रदान गर्ने प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

सो खोपको विकास गर्ने कम्पनीहरू फाइजर र बायोएनटेकले सो नतिजा प्राप्त भएपछि विज्ञान र मानवताका लागि एक महान दिन भएको बताएका छन् ।

तिनीहरूले तयार पारेका खोप विभिन्न छ देशका ४३ हजार ५ सय मानिसमा परीक्षण गरिएको थियो । त्यसक्रममा सुरक्षा सम्बन्धी कुनै पनि चिन्ताहरू देखा परेका थिएनन् ।

ती कम्पनीहरूले यो महिनाको अन्त्यसम्ममा सो खोपको प्रयोगका लागि आवश्यक अनुमति आपतकालीन रूपमा प्राप्त गर्न आवेदन दिने योजना बनाएका छन् । अगाडि अझै पनि ठूला चुनौतीहरू बाँकी नै रहेपनि वैज्ञानिकहरूले स्वागत गरेका छन् ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार