
काठमाडौं । संसारभर सबैको एउटै साझा चिन्ता छ, कोरोना भाइरसविरुद्धको खोपको विकास कहिले होला ? यो आमनागरिकको पहुँचमा कहिले पुग्ला ? यसको उत्तर सहज छैन। तर, धेरैको अनुमान छ कि परीक्षणका क्रममा रहेका केही खोपले नोभेम्बर अन्तिमसम्ममा सफलता पाउनेछन्।
अर्को वर्ष मध्यसम्म आमनागरिकको पहुँचमा खोप पुग्नेछ। विश्व स्वास्थ्य संगठनका अनुसार खोप विकास गर्न विश्वभरका १ सय ८२ कम्पनीले क्लिनिकल परीक्षणका लागि आवेदन दिएकामा ३६ वटाले अनुमति पाएका छन्। फाइजर र बायोएनटेकबाहेक अन्य ९ वटा खोप तेस्रो चरणको परीक्षणमा छन्।
जर्मनीको बायोएनटेक कम्पनीसँग मिलेर फाइजरले विकास गरेको खोपको परीक्षण सफल भएको घोषणा गरेको छ। विभिन्न ६ देशका ४३ हजार ५ सय ५३ व्यक्तिमा गरिएको परीक्षणमा ९० प्रतिशत सफलता मिलेको फाइजर र बायोएनटेकको दाबी छ।
यस्तै खोप विकासमा सफलताउन्मुख कम्पनी हो मोडर्ना इंक। अमेरिकन बायोटेक्नोलोजी कम्पनी मोडर्ना इंकले पनि खोप विकासमा महत्त्वपूर्ण सफलतानजिक रहेको घोषणा गरेको छ। उसले तेस्रो चरणको परीक्षणअन्तर्गत ३० हजार व्यक्तिमा खोप परीक्षण गर्दै छ। जसमध्ये २५ हजार ६ सय ५४ जनाले दोस्रो खोप लिएका छन्।
मोडर्ना र फाइजर र बायोएनटेकले यही महिना अन्तिमसम्म सर्वसाधारणमा खोप प्रयोगका लागि आवश्यक अनुमति आपत्कालीन रूपमा प्राप्त गर्न अनुमति दिने तयारी गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। यी दुवैले अर्को वर्ष मध्यसम्म आमनागरिकको उपभोग गर्ने गरी खोपको विकास गरिसक्ने घोषणा गरेका छन्।
तेस्रो चरणको परीक्षणको अन्तिम चरणमा रहेको खोप हो, अक्सफोर्ड–एस्ट्राजेनेका बेलायत। अक्सफोर्ड विश्वविद्यालयले विकसित गरेको यो खोप डिसेम्बर अन्तिमसम्म तेस्रो चरणको परीक्षणको नतिजा आउन सक्छ।
तर, क्रिसमसअघि नै नतिजा आउन सक्नेमा भने स्वयम् खोपका प्रमुख परीक्षण अन्वेषक ढुक्क छैनन्। खोपका बारेमा अक्सफोर्ड भ्याक्सिन ट्रायलका प्रमुख अन्वेषक एन्ड्र्यु पोलार्डले भने, ‘यो वर्षको अन्तिमसम्म हामी खोप विकासमा सफल हुन्छौं।’ उनले सफलताको नजिक पुगे पनि ढुक्क हुने अवस्था नरहेको स्पष्ट पारे।
जोनसन एन्ड जोनसन कोरोना भाइरस खोप
जोनसनले अघिल्लो महिना ६० हजार व्यक्तिमा तेस्रो चरणको खोप परीक्षण सुरु गरेको थियो। परिणाम अर्को वर्षको सुरुसम्म आइसक्ने उसको विश्वास छ। परीक्षण सफल भए जोनसनले सन् २०२१ सम्ममा एक अर्बभन्दा बढी परिमाणमा खोपको विकास गर्ने भएको छ। पहिलो र दोस्रो चरणको परीक्षणमा खोपले मानिसमा प्रतिरोधात्मक क्षमता बढाएको अनुसन्धानले देखाएको छ।
गामालिया रिसर्च सेन्टर (रुस)
गामालिया रिसर्च सेन्टरले पनि कोरोना भाइरसविरुद्धको खोप विकास गरिरहेको छ। स्पटनिक भी नाम दिइएको खोप विश्वकै पहिलो दर्ता गरिएको खोप भएको दाबी छ। जुन विश्व स्वास्थ्य संगठनले तेस्रो चरणको परीक्षणका लागि मान्यता दिएको विश्वका १० खोपमध्ये एक हो।
रसियाका ४० जना नागरिकमा यसको परीक्षण हुँदै छ। दुई चरणको खोप प्रभावकारी भएको त्यहाँका सञ्चारमाध्यमले जनाएका छन्। रसियाली नागरिकले खोप निःशुल्क पाउनेछन् भने सुरुमा स्वास्थ्यकर्मी, शिक्षक, यातायातकर्मी र सुरक्षाकर्मीलाई खोप उपलब्ध गराइनेछ।
तेस्रो चरणको परीक्षण अनुमति पाउने विश्वका १० खोपमध्ये चीनमा विकास भइरहेको क्यानसिनो पनि एक हो। क्यानसिनोले शनिबार परीक्षण सुरु भएको जनाएको छ। उसले क्यानसिनो खोप मेक्सिकोमा परीक्षण गरिरहेको छ। १५ हजार नागरिकमा परीक्षण गरिने खोप मेक्सिकी अधिकारीबाट अक्टोबरमै अनुमति पाइएको कम्पनीले जनाएको छ।
चिनियाँ सञ्चारमाध्यम ग्लोबल टाइम्सका अनुसार मेक्सिको सरकारसँग क्यानसिनोले ३ करोड ५० लाख खोप उपलब्ध गराउने सम्झौता गरेको छ। आजको अन्नपूर्ण पोस्ट् दैनिकमा समाचार छ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




