कैलाली । डडेल्धुराको नवदुर्गा गाउँपालिका–१ खैरोडामा ३० वर्षकी महिलामाथि सामूहिक बलात्कार बुधबार राति एक महिलामाथि सामूहिक बलात्कार भएको छ ।

मेला हेरेर फर्किएका युवाहरुले ३० वर्षकी महिलामाथि सामूहिक बलात्कार गरेको उजुरी परेको डडेल्धुराका प्रहरी नायब उपरीक्षक महेन्द्र नेपालले जानकारी दिए ।

‘मेला हेरेर फर्किएका २ पुरुषले गोठमा काम गरिरहेकी महिलामाथि बलात्कार गरेको भन्ने उजुरी आएको छ’ उनले भने, ‘घटनाबारे थप अनुसन्धान गरिरहेका छौ ।’ घटनामा संलग्नको आरोपमा प्रहरीले स्थानीय ३० वर्षका टेक दमाईंलाई पक्राउ गरेको छ ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार