तुलसीपुर । भारतीय सेनामा कार्यरत दाङ तुलसीपुर निवासी एक युवाको भारतको जम्मु कश्मीरमा आतंकारी हमलामा परि मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नंम्वर ९ बेलुवाका ३० बर्षीय प्रेम केसीको शुक्रवार बिहान आतंकारी हमला परि मृत्यु भएको पारिवारीक स्रोतले जानकारी दिएको छ ।

शुक्रवार विहान ५ बजेतिर केसीको समूहमाथि आतंककारी हमला भएको र अस्पताल लैजाँदै गर्दा उनको बाटोमै मृत्यु भएकोे दाजु तुलसी केसीले जानकारी गराएका छन् । दाजु तुलसीका अनुसार भारतीय सेनाले घर परिवारलाई शुक्रवार बिहान ९ बजेतिर फोन गरी प्रेमलाई गोली लागेको भन्ने खवर दिएको थियो ।

प्रेमका बुवा लालबहादुर केसी पनि रिटायर्ड भारतीय सेना हुन् । प्रेमले भारतीय सेनामा जागिर खाएको १४ वर्ष पुगेको थियो । प्रेमका ७ वर्षीया छोरी र ५ वर्षका छोरा छन् ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार