काठमाडौं । बुढानीलकण्ठमा आफ्नो श्रीमतीसँग अर्के पुरुषले रक्सी खाइरहेको भेटेपछि एक पुरुषले उक्त व्यक्तिमाथि खुकुरी प्रहार गरेका छन् ।

खुकुरी प्रहारबाट सिन्धुपाल्चोक चौतारा–४ घर भइ बुढानिलकण्ठ नगरपालिका–५ बस्दै आएका ३५ वर्षीय राजकुमार तामाङ गम्भीर घाइते भएका छन् । बाँसबारी अस्पतालमा प्रारम्भिक उपचारपछि हाल उनलाई त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज भर्ना गरिएको छ ।

तामाङलाई खुकुरी प्रहार गर्ने बुढानीलकण्ठ –३, नयाँ चोक बस्ने ४८ वर्षीय विष्णु तिवारी महानगरीय प्रहरी प्रभाग, बुढानीलकण्ठले पक्राउ गरेको छ । तिवारीमाथि म्याद थप गरेर विस्तृत अनुसन्धान महानगरीय प्रहरी वृत्त, महाराजगञ्जले गरिरहेको छ ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार