काठमाडौं । पर्यटन व्यवसायको क्षेत्र क्रमिक रुपमा खुल्दै गएको बेला रात्रिकालिन मनोरञ्जन पर्यटन व्यवसाय पनि अब खुल्ने भएको छ । रात्रीकालिन सेवा सञ्चालनका लागि व्यवसायीहरुले माग गरिरहेका बेला सरकारले नाइट क्लब, दोहोरी साँझ, बार लगायतका रात्रीकालिन मनोरञ्जनका क्षेत्रहरु खोल्ने भएको हो ।
यस्तो सेवा आउदो साताबाटै खुल्ला गर्ने सरकारले तयारी गरेको छ । रात्रीकालिन सेवा पुनः चालनका लागि नेपाल पर्यटन बोर्डले संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयलाई हालै मात्र प्रस्ताव पठाएको छ ।
कोभिड–१९ को संक्रमण र सन्त्रास कायमै रहिरहेको अवस्थामा पनि बजार व्यवसाय चलायमान गराउनका लागि आवश्यकताका आधारमा रात्रीकालिन सेवा पनि खोल्नुपर्ने देखिएकाले बोर्डले स्वीकृतिका लागि मन्त्रालयमा प्रस्ताव पठाएको पर्यटन बोर्डका कार्यकारी निर्देशक ९सिइओ० जनन्जय रेग्मीले बताए ।
‘अहिले सबै क्षेत्र क्रमशः खुल्दै गएको अवस्था हो । पर्यटन यातायात हवाई क्षेत्र मात्र नभएर अन्य व्यवसायिक क्षेत्र समेत क्रमशः खुल्दै गएको छ । यस्तो अवस्थामा रात्रीकालिन मनोरञ्जनका क्षेत्रलाई मात्र रोकि राख्नु उचित हुँदैन । सो व्यवसायले पनि गरिखान पाउनुपर्छ । त्यसैले हामीले सो क्षेत्रलाई समेत खुल्ला गर्नुपर्ने निर्णय गर्दै मन्त्रालयमा प्रस्ताव पठाएका छौं ।’
सिइओ रेग्मीले भने, ‘यो विषयमा मन्त्रालय पनि सकारात्मक छ । सम्भवत अर्को सातादेखि नै यो क्षेत्र खुल्नेछ ।’ हाल कोभिड–१९ का कारण रात्रीकालिन मनोरञ्जन सेवाहरु प्रायः ठप्प छ । रात्रीकालिन मनोरञ्जन सेवाको मुख्य हब मानिएको काठमाडौंको ठमेल, पोखरा, धरान लगायतका क्षेत्रहरु कोभिडकै कारण प्रभावित हुँदै आएका छन् ।
अन्तर्राष्ट्रिय हवाई सेवा र पर्यटन आगमनलाई समेत स्वीकार्ने सरकारीको पछिल्लो निर्णयसँगै अब रात्रिकालिन मनोरञ्जन व्यवसायको माग र आवश्यकता बढ्ने देखिएसँगै सरकारले सो क्षेत्र पनि खुल्ला गर्ने नीति लिएको हो ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




