काठमाडौं । पौडीकी गौरिका सिंह र करातेका मन्देकाजी श्रेष्ठ १७ औं संस्करणको ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डको वर्ष खेलाडी घोषित भएका छन् । नेपाल खेलकुद पत्रकार मञ्चले मंगलबार आयोजना गरेको कार्यक्रममा गौरिका महिलातर्फ र मन्देकाजी पुरुषतर्फ उत्कृष्ट चुनिएका हुन् ।
घरेलु भुमीका आयोजित १३ औ दक्षिण एसियाली खेलकुदं सागमा ४ स्वर्ण जितेकी गौरिकाले स्वर्णधारी खेलाडी करातेकी अनु अधिकारी, तेक्वान्दोकी आयशा शाक्य, एथ्लेटिक्सकी सन्तोषी श्रेष्ठ र ट्रायथलनकी सोनी गुरुङलाई पछि पार्दै सर्वोत्कृष्ट घोषित भईन् ।
मन्देकाजीले सागकै स्वर्णधारी फुटबल खेलाडी विकेश कुथु, एथ्लेटिक्सका गोपीचन्द्र पार्की, तेक्वान्दोका कमल श्रेष्ठ र गल्फका सुवास तामाङलाई पछि पारे ।
भलिबलकी कप्तान अरुणा शाहीले पिपल्स च्वाइज विधाको अवार्ड हात पारिन् । पौडीकी गौरिका सिंह, करातेका मण्डेकाजी श्रेष्ठ, फुटबलकी सावित्रा भण्डारी र बास्केटबलकी सदिना श्रेष्ठलाई उछिन्दै अरुण वर्षकी लोकप्रिय खेलाडी घोषित बन्न सफल भईन् । २७ वर्षिया अवार्ड विजेता खेलाडी अरुणाले ३७.५२५ प्रतिशत मत प्राप्त गरिन् । यस विधामा करातेका मन्डेकाजीले २८.४५७ प्रतिशत मत ल्याए । बास्केटबलकी सदिनाले १३.४९९ प्रतिशत मत ल्याइन भने पौडीकी गौरिकाले १३.३०१ प्रतिशत मत हालिस गरेकी थिइन् ।
त्यस्तै फुटबलकी सावित्राले ७.२१८ प्रतिशत मत ल्याइन् । यस्तै, गल्फका सुवास तामाङले वर्ष युवा खेलाडीको अवार्ड जित्न सफल भए । तेक्वान्दोका भूपेन्द्र श्रेष्ठ, जुडोकी पुनम श्रेष्ठ, भारोत्तोलनकी सञ्जु चौधरी र तेक्वान्दोकी सिना लिम्बु मादेनलाई पछि पार्दै सागका दोहोरो स्वर्ण विजेता सुवास युवा खेलाडीको अब्बल ठहरिए ।
तेक्वान्दोका प्रशिक्षक नवीन कुमार श्रेष्ठले वर्षको उत्कृष्ट प्रशिक्षक अवार्ड प्राप्त गरे । उसुका अमर कुमार थिङ, कराँतेका मदन उप्रेती, बक्सिङका प्रकाश थापामगर र पौडीका शंकर कार्कीलाई पछि पार्दै नवीन उत्कृष्ट ठहरिएका हुन् ।
तेक्वान्दोकी आयशा शाक्य र एथ्लेटिक्सकी सन्तोषी श्रेष्ठले स्पेशल अवार्ड प्राप्त गरे । एभीसी सेन्ट्रल जोन भलिबलमा स्वर्ण विजेता महिला भलिबलले टिम अफ द इयरको अवार्ड प्राप्त गर्यो । मञ्चले यस वर्ष पूर्व टेबलटेनिस खेलाडी सिजरिन शाह र गीता क्षेत्रीलाई लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मानित गर्यो ।
दिगमसिंहले पारा एथ्लिट अवार्ड प्राप्त गर्दा मलेसियाका अहमद खवारी इशा एसियन स्पोर्ट्स जर्नालिष्ट अवार्डबाट सम्मानित भए ।
वर्ष पुरुष, महिला, प्रशिक्षक र युवा गरि चार विधाका विजेता खेलाडी तथा प्रशिक्षकले पल्सरको मोटरसाईकल प्राप्त गरे । अन्य विधाका विजेताले जनही ५० हजार रुपैयाँ प्राप्त गरेका छन् ।
हंशराज हुलासचन्द एण्ड कम्पनीको मुख्य प्रायोजनमा सञ्चालित अवार्डमा डिस मिडिया नेटवर्क लिमिटेडको सहकार्य रहेको थियो । सह–प्रयोजकको रुपमा सूर्य नेपाल प्रालि, रुस्लान फुटबल, इ–सेवा, केल्मी, टर्किस एयरलाइन्स, होटल क्राउन प्लाजा, रोयल सिंगी होटल, इमेजिङ, युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकूद परिषद र नेपाल ओलम्पिक कमिटी रहेका थिए ।





प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




