काठमाडौं । नेपाल पर्यटन बोर्डले नेपाल घुम्न आउने पर्यटकका लागि चौबिसै घण्टा पर्यटकीय बजार खोल्नुपर्ने प्रस्ताव अघिसारेको छ । सीमित अवधिका लागि मात्र बजार खुला गर्दा त्यसले पर्यटकीय गतिविधि खुम्च्याउने भएकाले चौबिसै घण्टा खुला हुनुपर्ने बोर्डका कार्यकारी अधिकृत डा.धनञ्जय रेग्मीले बताए ।

राति आठ बजे नै होटलभित्र प्रवेश गर्नुपरेपछि पर्यटकले नेपाल कति घुम्न सक्छन् रु’ उनले भने, अब चौबिसै घण्टा पर्यटकीय बजार खोलौँ । ’ कोरोना सङ्क्रमणको परिस्थितिमा विगत एक वर्षमा बोर्डले गरेका काम सार्वजनिक गर्न बिहीबार आयोजित कार्यक्रममा उनले पर्यटक भित्र्याउन क्वारेन्टिन बाधक भएको स्पष्ट पारे ।

परिस्थिति सामान्य भइसक्दा पनि नेपालमा अन्तर्राष्ट्रियको उपस्थिति शून्यजस्तै भएकाले सरकारले पर्यटक भित्र्याउने सहज बाटो खोलिदिनुपर्ने उनको भनाइ थियो ।

सामाजिक दूरी पालना गर्ने,मास्क लगाउनेजस्ता नियमलाई थाँती नै राखेर पाँच दिन क्वारेन्टिन बस्नैपर्ने बाध्यता भने हटाउनुपर्ने उनले बताए । विश्वका विभिन्न देशले विस्तारै अन्तर्राष्ट्रिय पर्यटकका लागि खुला गरेको अवस्थामा नेपाल अब पछाडि पर्न नहुने उनको भनाइ थियो । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

 

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार