काठमाडौं । अमेरिकी अन्तरीक्ष एजेन्सी नासाको अन्तरिक्ष यान मंगल ग्रहमा अवतरण गरेको छ । सात महिनाअघि जमिनबाट पठाइएको अन्तरिक्ष यान करिब आधा अर्ब किलोमिटर तय गर्दै आज बिहान मंगल ग्रहमा सफल अवतरण गरेको हो ।

मंगल ग्रहमा अवतरण गर्नासाथ सो यानले एक तस्वीर ट्वीट गरेको थियो । ‘पिर्जाभियरेन्स मार्स रोभर’ नाम दिइएको अन्तरिक्ष यान मंगल ग्रहको सतहमा अवतरण गर्नासाथ नासाको कन्ट्रोल रुममा रहेका वैज्ञानिकहरु खुसीले उफ्रिएका थिए । यो यानलाई मंगल ग्रहमा सफल अवतरण गराउनु नै सबैभन्दा ठूलो चुनौती ठानिएको थियो ।

सन् १९७० पछि नासाको यो पहिलो मिसन हो, जसले मंगल ग्रहमा जीवनको संकेत खोजी गर्ने छ । यो मिसनलाई नासाको सबैभन्दा महात्वाकांक्षी योजनाको रुपमा लिइएको छ ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार