काठमाडौं, २९ साउन । प्रधानमन्त्री भएका बेला हावाबाट बिजुली निकाल्ने घोषणा गर्दा हासो र व्यंग्यको पात्र बनेका एमाले अध्यक्ष केपी शर्मा ओलीले मुस्ताङमा पुगेर हावाबाट उत्पादित बिजुलीको उद्घाटन गर्दै मलाई हावादारी भन्नेहरुलाई जोमसोम आउन आग्रह गरेका छन् ।
बुद्ध पावर प्रालिले मुस्ताङको जोमसोममा हावाबाट उत्पादन भएको बिजुलीको औपचारिक प्रसारण आरम्भ गर्न ओली हेलिकोप्टरबाट गएका थिए । हावाबाट उत्पादित बिजुलीको आरम्भ गर्दै अध्यक्ष ओलीले मुस्ताङ मात्रै नभएर नबलपरासी र हेटौंडामा पनि हावाबाट बिजुली उत्पादन गर्न सकिने बताए । उनले आफूले पूरा नहुने सपना जनतालाई कहिल्यै नदेखाएको बताए । आफ्नो योजनालाई हावामा उडाउनेहरुलाई मुस्ताङमा हावाबाट बिजुली उत्पादन भएको हेर्न ओलीले आग्रह गरे । बुद्ध पावर प्रालिको पहलमा गत बर्षको बैशाखदेखि शुरु गरिएको निर्माण कार्य १६ महिना पछि सम्पन्न भएको प्रबन्ध निर्देशक पुष्पराज तिमल्सिनाले बाए । अहिले ३ किलोवाट उत्पादन गर्न सकिने क्षमताको सो आयोजनाबाट जोमसोममै हावाबाट ४० मेघावाटको बिजुली उत्पादन गर्ने लक्ष्य रहेको उनले सुनाए । हावाबाट बिजुली निकाल्ने ओलीको सपना भएकाले ओलीकै हातबाट उद्घाटन गरिएको उनको भनाई थियो । यसअघि, पुर्वप्रधानमन्त्री ओलीले जोमसोमको कोरला सिमाना, सडकको अवस्था र सीमा क्षेत्रको अवलोकन गरेका थिए । उनले कोरोला नाका चाँडै सञ्चालनमा आउने र यसबारेमा आफूले चीनिया पक्षसँग कुरा गरेको बताए ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




