काठमाडौं । बलात्कारपछि हत्या गरिएकी बैतडीकी किशोरी भागरथी भट्ट र घटनापछि पक्राउ परेका किशोरको डीएनए मिलेको प्रहरीले जनाएको छ । केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशालाबाट बिहीबार आएको रिपोर्टमा अभियुक्तको डीएनए र मृतकको भजाइनल स्वाबबाट निकालिएको डीएनए मिलेको बैतडीका प्रहरी प्रमुख डीएसपी नारायणप्रसाद अधिकारीले बताए ।
‘प्रहरी अनुसन्धानमा सबैभन्दा ठूलो प्रमाण जुटेको छ,’ उनले भने, ‘प्रहरीले अनुसन्धान गरेर फाइल अगाडि बढाइसकेको र मुद्दा अदालतमा विचाराधीन भएकाले अब हामीले थप बोल्न मिल्दैन ।’
जिल्ला प्रहरीले मृतकको भजाइनल स्वाब र अभियुक्तको डीएनए नमुना फागुन १७ गते परीक्षणका लागि पठाएको थियो। जिल्ला अस्पताल बैतडीले मृतकको पोस्टमार्टम रिपोर्ट भने माघ २६ गते नै प्रहरीलाई बुझाएको थियो।
पोस्टमार्टममा बलात्कारपछि घाँटी थिचेर हत्या गरिएको उल्लेख छ । डीएनए रिपोर्टपछि भागरथीका काका शिवराज भट्टले अभियुक्त नै घटनामा संलग्न रहेकामा आफूहरू ढुक्क भएको प्रतिक्रिया दिए ।
‘प्रमाणले बोलेर नै प्रहरीले अभियुक्त सार्वजनिक गरेको हो। डीएनए पनि मिल्यो, हामी अनुसन्धानबाट सन्तुष्ट छौं,’ उनले भने । आजको कान्तिपुर दैनिकमा समाचार छ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




