{"uid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1616745930512","source":"other","origin":"unknown"}

इबाराकी/ जापान ।शुक्रवार बिहान लगभाग १ बजेतिर जापानको इबाराकी प्रिफेक्चरको चुचिउरामा एक यात्रु बाहक ट्रेन(रेल) कारसँग ठक्कर खाई आगलागी भएको छ । जेआर जोबन लाइनको ट्रेन(रेल)र एक कार बिचको ठक्कर पछि आगलागीमा परि कार पूर्ण रुपमा नष्ट भएको छ भने ट्रेनको आधा जति भाग जलेको छ ।

प्रहरीका अनुसार घटनाको समयमा रेलमा यात्रु र चालकदलका सदस्य सहित ६४ जना यात्रारत थिए । आगलागीबाट रेलको झण्डै आधा भाग नष्ट भएपनि यात्रुहरु सुरक्षित रहेका छन् ।प्रहरीलाई उद्रित गर्दै जापानी समाचारहरुले जनाए अनुसार, एक चालकले कारलाई ट्रेनको ट्रयाकमा रोकेर आफु भागेको देखिएको छ । हाल प्रहरीले फरार अभियुक्तको खोजी गरिरहेको छ ।

जापान यातायात सुरक्षा बोर्डले घटनालाई गम्भिर रुपमा लिंदै दुर्घटनाको अनसन्धान गर्न दुई अनुसन्धानकर्ताहरु पठाएको छ ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार