काठमाडौं । आफ्ना विद्यार्थीलाई कोरोना संक्रमणबाट जोगाउन काठमाडौंको कलंकीस्थित एलआरआई स्कुलले मंगलबारदेखि नियमित कक्षा बन्द गरेको छ । स्कुलले सूचना जारी गर्दै भनेको छ, ‘कोरानो महामारीमा सरकारलाई हामी सघाउन चाहन्छौं । अर्को सूचना जारी नभएसम्म विद्यालय बन्द भएको जानकारी गराइन्छ ।’
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक महिना विद्यालय बन्द गर्न सिफारिस गरे पनि सीसीएमसी र मन्त्रिपरिषद्ले कुनै निर्णय नगरेपछि विद्यालय सञ्चालक आफैंले पठनपाठन स्थगन गर्न थालेका हुन् । कोरोनाकै कारण मध्यपुर थिमी नगरपालिकाको एक निजी विद्यालयमा ६ कक्षामा पढ्ने ११ वर्षीय बालकको कान्ति बाल अस्पतालमा शनिबार मृत्यु भइसकेको छ ।
विद्यार्थीको मृत्युपछि एक दिन बिदा दिए पनि त्यहाँ कक्षा चलिरहेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार मंगलबार पनि ४८ जना बालबालिकालाई कोरोना देखिएको छ । जसमा पर्साका मात्रै १० जना छन् । मंगलबार दुई वर्षीया बालिकामा समेत कोरोना पाइएको छ । चैत १४ यता मात्रै ३ सय ५० भन्दा बढी बालबालिका संक्रमित भइसकेका छन् ।
बिरामी भएका बच्चा मात्रै पीसीआर परीक्षणका लागि जाने गरे पनि संक्रमितको संख्या धेरै देखिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इसीडिसीसी० का निर्देशक डाक्टर कृष्णप्रसाद पौडलले बताए । मंगलबार ५ सय १७ जना (एन्टिजेन परीक्षणसहित) लाई कोरोना पोजेटिभ देखिएकोमा ४८ जना १८ वर्षभन्दा मुनिका छन् । आजको कान्तिपुर दैनिकमा समाचार छ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




