Å@ëÂå^òAãxÇ™énÇ‹ÇËÅAç¨éGÇ∑ÇÈâHìcãÛç`ÇÃçëì‡ê¸èoî≠ÉçÉrÅ[ÅÅÇQÇXì˙åflëOÇWéûÇSÇWï™

टोकियो/जापान । कोभिड-१९ को संक्रमण दैनिक ६ हजारको हाराहारीमा पुग्दापनि मानिसहरु घुमघाम नगरी रोकिन सकेनन् ।

बिहिबार( अप्रिल २९ ) नै जापानका घरेलु उडानहरु साबिकको तुलनामा ब्यस्थ देखिन्थे । जापानमा सुरु भएको गोल्डेन विक ( लामो बिदा) को छुट्टीसंगै टोकियोबाट बाहिर ( अन्य प्रान्तहरु)जानेहरुको भिड लागेको छ ।

जापानमा हाल, कोरोना संक्रमण बढेकाले नियन्त्रणका लागि टोकियो, ओसाका, क्योतो र ह्योगोमा आपतकाल तथा अन्य प्रान्तहरुमा अधिकांस स्थानहरुमा कोरोना संक्रमण प्रसार रोकथाम विशेष उपायहरु कार्यन्वयन गरिएको छ । यो संगै हरेक प्रान्तका गभर्नर तथा स्थानीय सरकारले मानिसहरुलाई अत्यावश्यक काम बाहेक बाहिर ननिस्कन तथा एक प्रान्तबाट अर्को प्रान्तमा नजान अनुरोध गरिरहेका छन् । यद्यपी यस्ता अनुरोधहरुका बाबजुद पनि मानिसहरु भ्रमणमा निस्किएका छन् । यसले जापानमा कोरोना संक्रमण थप बढाउने आँकलन गरिएको छ ।

हाल जापानमा दैनिक झण्डै ६ हजार जनामा कोरोना संक्रमण पुष्टि हुने गरेको छ भने, अहिले सम्ममा ५ लाख ८९ हजार जना संक्रमित भईसकेका छन् । संक्रमित मध्ये १० हजार २ सय ४२ जनाको मृत्यु भईसकेको छ ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार