सिजुओका/जापान । जापानको सिजुओका केनमा हिजो( मे १ तारिख) को हावाहुरीले ठूलौ भौतिक क्षति गरेको छ ।

सिजुओका केनको मध्ये भागको माकिनोहारा सहरमा राती चलेको आँधीबेहरीले बिजुलीका पोलहरु ढालिदिएको छ भने, सावारी साधानहरुई पल्टाईदिएको छ । घरका झ्यालका काँचहरु फुटेका छन् त छानाहरु उडाईदिएको छ ।

उक्त आँधीबेहरीका कारण ३ जना मानिसहरु घाईते भएका छन् । यसका अलवा माकिनोहारा तथा यस आसपासका ६ सय भन्दा बढी घरहरुमा विद्युत अवरुद्ध भएको थियो भने अझै कतिपय घरहरुमा विद्युत आपूर्ति हुन सकेको छैन ।

जापनी मौसम विज्ञान एजेन्सीका अनुसार, आज साँझ पनि भारी वर्षा तथा हावाहुरीको सम्भावना रहेको छ । त्यसैले त्यसक्षेत्रका वासिन्दालाई सतर्क रहन अनुरोध गरेको छ ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार