
टोकियो/जापान । जापानमा आउने हरेक विदेशीहरुमा सुरुवातका दिनमा आईलाग्ने एउटा समस्या भनेको आफुलाई मन लागेको डिजायन अनुसारको कपाल कटाउन नसक्नु हो । सायद् जापानमा रहनुहुने तपाईले यो अनुभव अवश्य संगाल्नुभएको छ । तर पछिल्लादिनमा विदेशीहरुले पनि जापानमै हेयर डिजाईनरको प्राविधिक कलेज पढि व्यवसायिकरुपमा यो पेशा अप्नाउन थालेका छन् । यद्यपी त्यस्ता विदेशी हेयर डिजाईनरहरुको संख्या भने एकदमै न्युन छ । त्यहि न्युन संख्यामा पर्छिन् , ईलामकी मेरियम राई , जो जापानमा आई हेयर डिजाईनिंगको पढाई सक्काएर हाल व्यवसायिक हेयर डिजाईनरको रुपमा कृयाशिल रहेकि छिन् ।

जापानको टोकियोको सिनओकुबो स्थित आफ्नै लगानीमा’ राईसान हेयर नेपाल’ नामक हेयर सेलुन संचालन गरिरहेकि मेरियम राई, नेपाला समूदायमा मात्रै नभई, जापानी तथा अन्य विदेशीहरुको माझमा पनि परिचित बनिसकेकि छिन् । उनलाई उनको वास्तविक नामले भन्दा पनि, ‘राईसान हेयर नेपाल’का नाम बढि चिनिन्छ ।

राई, भन्छिन् – ‘जापानमा हेयर डिजाईनरको पढाई सजिलो छैन । अध्यायन तथा लागत दुवै दृष्टीकोणले गाह्रो छ । तर पढ्न सक्ने हो भने सम्भावनाहरु प्रशस्त छन्’। सम्भवत: जापानमा औपचारिक ज्ञान तथा लेईसेन्स सहित यो पेशाअंगाल्ने उनि पहिलो नेपाली पनि हुन् । ८ वर्ष अघि जापान आएकी राईले यहाँ फरक अध्ययन र फरक पेशा अप्नाउन सकेका कारणनै चाँडै नै पृथक पहिचान बनाउन सफल भएकि छिन् ।

राईसंग,उनको हेयर डिजाईनिङ करिअरको यात्रा र यसका विविध पाटोहरुबारेमा केन्द्रित भई, तयार पारिएको सामग्री, नेपालन्युजपोस्टडटकमको अत्यन्तै लोकप्रिय कार्क्रम ‘मेरो यात्रा’मा आउँदो मंगलबार राती ९ बजे (जापानको समयमा ) प्रसारण गर्नेछौँ ।

यस अघि राईसंग, करिब २ वर्षअघि पनि नेपालन्युजपोस्टडटकमले एक विशेष कुराकानी गरेको थियो। अहिले राईको हेयर डिजायनिङका बारेमा जापानी मिडियाहरुले पनि समाचार बनाउन थालेको पाईन्छ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




