{"uid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1621941563128","source":"other","origin":"unknown"}

गुन्मा/जापान । जापानको गुन्मा केनमा एक नेपाली युवाको निधन भएको छ । गुन्मा केनको माएबासीमा बस्दै आएका झलक गुरुङको सुतेकै अवस्थामा मृत्यु भएको हो ।

संगै बस्ने साथीका अनुसार,हिजो (मे २४ तारिख) काम बाट फर्किएर साँझ खाना खाएर सामान्य अवस्थामै सुतेका ३५ वर्षिय गुरुङ्. ओछ्यानमा मृत भेटेका हुन् । मृतक गुरुगंको शव हाल पोष्टमार्टमको लागि प्रहरी नियन्त्रणमा रहेको बताईएको छ ।

प्रहरीको प्रारम्भिक जानकारी अनुसार गुरुङको निधन हृदयघातका कारण भएको अनुमान गरिएको छ । यद्यपी पोस्टमार्टमको रिपोर्ट आउन केहि दिन लाग्ने भएकाले कारणबारे तथ्य परक जानकारी भने आईसकेको छैन ।

मृतक गुरुङका परिवारहरु भने, नेपाल लमजुगं जिल्ला स्थायि घर भई हाल पोखरा बस्दै आएका छन् । उनको परिवारमा बुवा आमा सहित श्रीमती र एक छोरी रहेका छन् ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार