दोलखा । दोलखाको बिगु गाउँपालिका–१ लामाबगरमा रहेको नेपाल–चीन सीमाको ६० नम्बर पिलर हराएपछि विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले त्यससम्बन्धी भ्रमपूर्ण समाचार प्रकाशन प्रसारण गरेको सरोकारवालाले बताएका छन् ।
युरोपोर्टर अनलाइनको मे १८, २०२१ को संस्करणमा कोलिन स्टेभेन्सले नेपाल–चीन सिमानाको ६० नम्बर पिलर हराएको विषयमा समाचार प्रकाशित गरेका छन् । त्यसअघि, अन्य विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले समेत सोसम्बन्धी समाचार प्रकाशित गरेका थिए । उल्लेखित अन्तर्राष्ट्रिय सञ्चार माध्यमले ६० नम्बर पिलर हराएपछि चीनले १०.५ मिटर अगाडि नेपालपट्टि नयाँ पिलरसहित झन्डा गाडेको समाचार प्रकाशित गरेका छन् ।
चीन तिब्बतको टिङ्रीस्थित फलाक र दोलखा लामाबगरको ङयाङलुङ खोला किनारमा रहेको ६० नम्बर सीमा पिलर दुई वर्षको आसपास बाढीले बगाएको कारण हराएको हुन सक्ने स्थानीयको भनाइ छ । २०७४ सालको स्थानीय निर्वाचनसम्म ६० नम्बर पिलर रहेको भएपनि अहिले सो पिलर हराएको स्थानीयले बताए ।
सो पिलर हराएपछि अहिले चीनले करिब १० मिटर वर नेपालपट्टि भीरको एउटा ढुङ्गामा चाइनिज अक्षरले लेखेर ६० नम्बर पिलर स्थापना गरेको छ । पहिले पिलर भएको ठाउँमा लेख्ने कुनै ढुङ्गा नभएकाले केही वर दक्षिणतिर रहेको ढुङ्गामा अस्थायी रुपमा ६० नम्बर पिलर लेखिएको हुन सक्ने स्थानीय बताउँछन् ।
सीमा भएको ङयाङलुङ खोलाआसपास दुवैपट्टि निकै टाढासम्म पनि बस्ती नभएकाले चीनले नियतवश नेपालको सीमा मिचेर १० मिटर वर नेपालपट्टि ६० नम्बर पिलर बनाएको आशङ्का गर्ने अवस्था नभएको स्थानीयको भनाइ छ ।
नेपाल–चीन सीमाको ६० नम्बर पिलर पुग्न नेपालपट्टि बस्ती भएको लामाबगरबाट झन्डै दुई दिन लाग्छ भने उक्त स्थानबाट चीनको फलाक पुग्न ३÷४ घण्टा लाग्छ । चीनको तिब्बतमा पर्ने फलाकमा उनीहरूको सीमा कार्यालय र सानो बजार रहेको छ । सवारीसाधनमा फलाकबाट झन्डै ३÷४ घण्टाको यात्रापछि मात्र तिब्बतको टिङरी बजार पुग्न सकिने लामाबगरका स्थानीय बताउँछन् ।
माथिबाट एकधारमा बगेको ङयाङलुङ खोला ६० नम्बर पिलर भएको ठाउँमा आइपुगेपछि दुईधार बनेकाले उक्त पिलर बगाएको र अहिले उक्त ठाउँमा पिलर राख्ने अवस्था नै नभएको स्थानीयको भनाइ छ । आजको नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




