काठमाडौं । निषेधाज्ञामा अनुमति पत्रबिना डुल्न पाइँदैन । तर, केही दिनअघि स्वयम्भूमा अचम्मकै दृश्य देखियो । प्रदेश ३(०१(००२ झ ४९२२ नम्बरको सरकारी गाडी लिएर एक सरकारी कर्मचारी युवक स्वयम्भूमा एक युवतीसहित पुगेको दृश्य भाइरल बन्यो ।
त्यसपछि उक्त गाडीसहित सवारी हुने जोडीको पहिचान अघि बढाइयो । र, पहिचानका क्रममा युवती लिएर पुग्ने सरकारी कर्मचारी फेला परे( सहरी विकास मन्त्रालयका आयोजना प्रमुख रोशन श्रेष्ठ ।
दोस्रो चरणको कोरोना संक्रमण रोकथामका लागि जारी निषेधाज्ञा उल्लङ्घन गर्दै ‘डेटिङ’ मा रमाउने श्रेष्ठलाई गृह मन्त्रालयले कारवाही गर्न निर्देशन दिएको छ । शुक्रबार जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई पत्र लेख्दै मन्त्रालयले अनुसन्धान गरी श्रेष्ठलाई कारवाहीसहितको विवरण पठाउन निर्देशन दिएको छ ।
पत्रप्राप्त भएसँगै अनुसन्धान अघि बढाइएको जिल्ला प्रशासन काठमाडौंले जनाएको छ । गत आइतबार सहरी विकास मन्त्रालयअन्तर्गत सहरी विकास विभागको नयाँ सहर आयोजना प्रमुख तथा उपसचिव श्रेष्ठ युवती लिएर स्वयम्भू पुगेका थिए । निषेधाज्ञा उल्लंघन गरेर स्वयम्भु पुगेका प्रेमजोडीबीच प्रेमालापमा रमाइरहेको भिडियो सार्वजनिक भएपछि उक्त भिडियो भाइरले बनेको थियो ।
सार्वजनिक भएको भिडियोमा प्रेमजोडीको अनैतिक कार्य पनि भएको देखिएको छ । भिडियोमा उपसचिव श्रेष्ठसँग रमाइरहेका युवती सहरी विकास विभागमै कार्यरत इन्जिनियर रहेको बताइएको छ । प्रशासनले अहिले यस विषयमा विस्तृत अनुसन्धान बढाइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




