सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले यौन दुर्व्यवहारमा परेकी किशोरी र राउटे समुदायसँग भेटघाट गरेका छन् । मुख्यमन्त्रीको कार्यालय सुर्खेतमा शुक्रबार भेटघाट भएको मुख्यमन्त्री शाहीको सचिवालयले जनाएको छ ।

भेटमा राउटे समुदायले दैनिक उपभोग्य सामाग्रीको अभाव भएको भन्दै सहयोगका लागि मुख्यमन्त्रीलाई आग्रह गरेका थिए । मुख्यमन्त्री शाहीले राउटे समुदायको संरक्षण एवं खाद्यान्न लगायतको सामाग्री सरकारले उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् ।

शाहीले खाद्यान्न लगायतका दैनिक उपभोग्य सामाग्रीको प्रबन्ध गर्न सामाजिक विकास मन्त्रालयलाई निर्देशन समेत दिएको उनको सचिवालयले जनाएको छ । केहीदिन अघि सुर्खेतका युवाहरुको यौन दुर्व्यवहारमा परेकी सम्झना राउटेसहित अन्य राउटे प्रतिनिधिहरुले मुख्यमन्त्रीलाई भेटेपनि सो घटनाबारे भने मुख्यमन्त्रीको सचिवालयले केही कुरा सार्वजनिक गरेको छैन । भेटघाटपछि मुख्यमन्त्रीको कार्यालयमा उनीहरुले सामूहिक फोटो खिचाएका छन् ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार