बुटवल । नेकपा (माओवादी केन्द्र) कपिलवस्तुका नेता दीपक पाण्डेयको हत्या उनकै श्रीमतीको योजनामा भएको नेपाल प्रहरीले दावी गरेको छ । प्रहरीले सोमबार पाण्डेय हत्याका मुख्य योजनाकार र संगठित आपराधिक गिरोह सार्वजनिक गर्दै पाण्डेयको हत्या हुनुमा आफ्नै श्रीमती महिमा पाण्डेय प्रमुख दोषि ठहरिएकी छिन् ।
जिल्ला प्रहरी प्रमुख नवराज अधिकारीले पत्रकार सम्मेलनमा पाण्डेयको श्रीमती महिमा पाण्डेयले घटनाका मुख्य योजनाकार प्रकाश भन्ने ओम प्रकाश यादवसंग लामो समयदेखि अनैतिक सम्बन्धमा रहेको र त्यो नै हत्याको प्रमुख कारण देखिएको बताए ।
प्रहरीका अनुसार बिगत ५ बर्ष देखि प्रतिबादी प्रकाश भन्ने ओम प्रकाश यादवको र मृतक दीपकको श्रीमती महिमा पाण्डेयको बीच भएको अनैतिक सम्बन्धका कारण मृतकको श्रीमान पाण्डेयले थाहा पाए पश्चात बिवाद, मनमुटाव सृजना भई यो घटना घटेको हो ।
पछि पनि उनीहरु बीच अनैतिक सम्बन्ध कायमै रहेको, मृतकको श्रीमती पाण्डेयले नै प्रतिबादी प्रकाश भन्ने ओम प्रकाश यादवलाई प्रयोग गरी पटक पटक श्रीमान पाण्डेलाई मार्ने योजना बनाई बिगत २÷३ बर्ष अघी देखि नै श्रीमानलाई मार्न बिभिन्न व्यक्तिहरुलाई प्रयोग गरी सुपारी (बैना) समेत लिएता पनि पटक पटक को प्रयास असफल भएपछि लामो निग्रानी पश्चात गत जेठ ५ गते हत्या भएको खुल्नमा आएको हो ।
पक्राउ गरेका व्यक्तिहरुले समेत गोली हानी घाईते बनाएर मार्न सफल भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ । हत्यामा संलग्न मुख्य प्रतिवादीहरुलाई हातहतियार सहित र उक्त हातहतियार खरिद बिक्री, ओसार पसार गर्ने कार्यमा संलग्न सबै घटनाका दोषिहरुलाई प्रहरीले सत प्रतिशत पक्राउ गर्न सफल भएको छ ।
उनीहरुलाई संगठित अपराध सजाय ऐन २०७० बमोजिम सम्मानित कपिलवस्तु जिल्ला अदालतबाट म्यादथप गरी अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




