काठमाडौं, भदौ ११
भारतीय सेना प्रमुख बिपिन राउवतले दोक्लाम जस्ता घटना अझै बढ्न सक्ने बताएका छन् । चीन र भुटानको सीमाक्षेत्र दोक्लामलाई लिएर भारत–चीनबीच बिगत दुई महिनाभन्दा लामो समयदेखि बिवाद चलिरहेका बेला पहिलो पटक भारतीय सेना प्रमुखको यस्तो टिप्पणी आएको हो ।
सेना प्रमुख राउवतले शनिबार एक कार्यक्रममा भविष्यमा भारत–चीनबीचको नियन्त्रण रेखामा दुई देशका सेनाबीच दोक्लाम जस्ता घटना बढ्ने दावी गरेको भारतीय संचार माध्यमहरुले जनाएका छन् । दोक्लाम विवादबारे यस अघि उनी भन्दा तल्लो तहका सैन्य अधिकारीहरुले बोल्ने गरे पनि सेना प्रमुखबाटै बोलेको यो पहिलो पटक हो ।
‘दोक्लम जस्ता घटना बढ्न सक्ने’ उनको टिप्पणीलाई थप व्याख्या गर्न पत्रकारहरुबाट गरिएको आग्रहमा राउतले ‘यस्ता घटना अब हुँदैनन् भनि सोच्नु भन्दा तयार र सर्तक रहनु राम्रो हुने’ बताए। ‘मेलै के भन्न खोजीरहेको छु भने, हामी वेसावधान बन्नु हुन्न् । मानौं यो विवाद समाधान भयो, सिमामा यस्ता घटना फेरी हुँदैन् भनेर सोच्नु हुँदैन’, ‘उनले स्पस्ट पार्दै भने,’यो अन्य क्षेत्रमा पनि हुन सक्छ । यो फेरी हुँदै भनेर सोच्नुभन्दा सधै तयार र सर्तक रहनु राम्रो हुन्छ । त्यसैले सेनालाई मेरो सन्देश तपाईको पहरेदारी नछोड्नुहोस भन्ने हो ।’
उनले विशेष गरि तिब्ब क्षेत्रमा चिनियाँ सेनाले परिचालन र अप्रेसनमा जस्ता कुरामा ‘महत्वपूर्ण प्रगति’ गरेको टिप्पणी गरे । उनले भने,‘ चिनियाँ पक्षले दोक्लाम पठारमा सिर्जना गरेको अहिलेको विवाद यस्तो मुद्धा हो, जसबारे हामी चिन्तित हुनु आवश्यक छ र यस्ता घटना भविष्यमा बढ्दै जान्छन भन्ने मेले ठानेको छुँ ।’ यद्यपि सेना प्रमुख राउवतले यस्तो अवस्थालाई सम्बोधन गर्न ‘संयुक्त कार्यदल’ रहेको पनि बताए ।
राउवतले वार्षिक सैन्य अभ्यासमा आफ्नो सहभागिताबारे चीनले अहिलेसम्म कुनै सूचना नदिएको पनि जानकारी दिए । ‘बिगत धेरै बर्ष देखि हामीले चीनसँग संयुक्त सैन्य अभ्यास संचालन गर्दै आएका छौं तर यो बर्षको सहभागिताबारे चिनियाँ पक्षको पर्खाइमा छौं’, उनले भने,‘ अर्को तिर दुई देशबीच कुटनीति र सिमामा हुने सैन्य वार्ता निरन्तर भइरहेका छन्।’
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




