विराटनगर । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा एक व्यक्तिको शल्यक्रिया गरी पेटबाट दाँत माझ्ने ब्रस निकालिएको छ । दाँत माझ्ने क्रममा जिब्रोको भित्रीभाग सफा गर्दै गर्दा मुखबाट ब्रस छिरेका मोरङको मिक्लाजुङ गाउँपालिका–४ का ३५ बर्षीय गंगा मगरको शल्यक्रिया गरी पेटबाट नोबेलका चिकित्सकले ब्रस निकालेका हुन् ।
गत बुधबार दाँत माझ्ने क्रममा मुखको भित्रसम्म ब्रस छिराएर जिब्रो सफा गर्दै गर्दा ब्रस पेटभित्र पसेको मगरले बताए । ‘दाँत माझ्ने क्रममा जिब्रो पनि सफा गर्नु पर्यो भनेर ब्रस अलिक भित्र छिराएर सफा गर्दै थिए । हात पनि र्यालले चिप्लो भएको थियो, एक्कासी चिप्लिएर ब्रस भित्र पस्यो,’ मगरले भने, ‘दुख्ने, पोल्ने त खासै भएन तर, त्यत्रो ब्रस नै पेटमा छिर्दा अब के हुन्छ भनेर तनाब भयो ।’
उनले आत्तिँदै घरमा आएर ब्रस पेटभित्र छिरेको सुनाएपछि परिवार र छरछिमेकीलेसमेत सुरुमा उनको कुरा पत्याएनन् । ‘ब्रस निले भन्दै धाराबाट आउनु भयो, सुरुमा त जिस्किएर भनेको होला जस्तो लाग्यो, पछि हो रहेछ भन्ने भएपछि सात्तै गयो, त्यत्रो ब्रस कसरी निल्नुभयो भनेर छक्क परे,’ उनकी श्रीमति पुनमले भनिन् ।
ब्रस पेटमा पसेपछि मगर आत्तिएर विराटनगरस्थित नोबेल शिक्षण अस्पताल अइपुगेका थिए । अस्पतालमा इन्डोस्कोपी गरेर हेर्दा ब्रस पेटभित्र देखियो । नोबेलका चिकित्सकले इण्डोस्कोपीबाटै ब्रस तान्ने कोसिस गरेका थिए, तर निस्किएन । त्यसपछि पेटको सानो भाग चिरेर १५ सेन्टिमिटरको ब्रस पेटबाट निकालिएको नोबेलका शल्यचिकित्सक डा. अमित भट्टराईले जानकारी दिए । नोबेलका चिकित्सक डा।भट्टराई नेतृत्वको चिकित्सकहरुको टोलीले बिहिबार शल्यक्रिया गरेर ब्रस निकालेको हो ।
ब्रस पेटमा छिर्दा पनि उनमा खासै ठूलो स्वास्थ्य समस्या देखिएको थिएन । तर, अब के होला भनेर उनीहरु आत्तिएका थिए । ब्रस पेटबाट निकालिसकेपछि अहिले उनको अवस्था सामान्य छ । स्वास्थ्य अवस्था सामान्य भइसकेकाले अब उनलाई अस्पतालबाट डिस्चार्ज गर्ने तयारी गरिएको नोबेल अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




