लमजुङ । लगातारको वर्षापछि मनाङको तिमाङखोलामा आएको बाढीले विद्युतगृह, बेलिब्रिज र काठेपुल बगाउदा लगाउँको आधा बस्ती पनि डुबानमा परेको छ ।

सोमबार साँझदेखि परेको भीषण वर्षाले चामे गाउँपालिका १, तिमाङ खोलाको बेलिब्रिज बगाएको हो । तिमाङखोलामै रहेको ३२ किलोवाटको स्याल्क्युखोला लघु जलविद्युत् गृह पनि बगाएको छ । त्यस्तै सदरमुकाम चामेमा ४ वटा घर बाढीले बगाएको क्षति पुर्‍याएको छ । नासों गाउँपालिका १, तालगाउँको आधा बस्ती डुबानमा परेको छ ।

तालगाउँका स्थानीय बासिन्दा मीनराशि गुरुङका अनुसार मस्र्याङ्दीमा उर्लिएको बाढीले भानु माविसहित ताल गाउँको आधा बस्ती डुबानमा परेको छ। करिब ५६ घरधुरी रहेको उक्त गाउँका बासिन्दा पहरामुनि गएर बसेको र केही लमजुङ सीमा क्षेत्र म्यार्दीभिरतर्फ आएको उनले बताए । उनका अनुसार गाउँमा टेलिफोन सेवा पनि अवरुद्ध छ ।

जिल्ला प्रहरी कार्यालय, मनाङका डीएसपी सुवास खड्का अनुसार घट्टेखोलामा आएको बाढीले ढुंगामुढा थुपारिदिँदा चामे बजारको पुल थुनिएको छ । पुल थुनिँदा यसअघि बगाउन लागेको एउटा घर र थप काठका ३ वटा घर बगाएको उनले बताए । उनका अनुसार तिमाङखोलाको बेलिब्रिज र ३२ किलोवाटको स्याल्क्युखोला लघु जलविद्युत आयोजनाको संरचना पनि बाढीले बगाएको छ ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार