एजेन्सी – युरोपेली च्याम्पियनसिपको पहिलो खेलमा हंगेरीविरुद्ध खेल्दै र दुई गोल गरेपछि पोर्चुगिज कप्तान क्रिस्टियानो रोनाल्डोले युरोकपमा एकैपटक तीन नयाँ कीर्तिमान बनाएका छन् ।
हंगेरीविरुद्ध मैदानमा उत्रदै लगातार पाँचौ सिजन युरोकप खेल्ने कीर्तिमान बनाएका रोनाल्डोले मिचेल प्लाटिनीको ९ गोलको कीर्तिमानलाई भंग गर्दा युरोकपमा सर्वाधिक गोल (११) गर्ने कीतिमान आफ्नो नाममा लेखाए ।
यस्तै उनी युरोकपको पाँच फरक संस्करणमा गोल गर्ने एक्ला खेलाडी बनेका छन् । रोनाल्डोले २००४ को संस्करणमा २, २००८ मा २, २०१२ र २०१६ मा समान ३–३ गोल गरेका थिए । यसपटक पहिलो खेलमै दुई गोल गरेका छन् ।
हंगेरीविरुद्ध दुई गोल गरेपछि रोनाल्डोले आफ्नो अन्तर्राष्ट्रिय गोलसंख्या १०६ पु¥याएको छ । उनी अब सर्वाधिक अन्तर्राष्ट्रिय गोल गर्ने इरानका अली दाई भन्दा तीन गोलले मात्रै पछि छ । अली दाईले १०९ गोल गरेका छन् ।
६१ हजार दर्शकमाँझ खेलिएको खेलमा पोर्चुगलले घरेलु टोलीविरुद्ध लगातार पोस्ट आक्रमण बुनेपनि गोलको लागि निकै संघर्ष गर्नुपरेको थियो । ८४औं मिनेटमा राफयल गुरेरोले गोल गर्दै गोलको खडेरी तोडेका थिए । त्यसपछिको दुवै गोल रोनाल्डोको नाममा रह्यो । उनले ८७औं मिनेटमा पेनाल्टीमार्फत र इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा गोल गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




