लमजुङ । बाढीका कारण हिमाली जिल्ला मनाङको लेक तथा वस्तीमा अलपत्र परेका १७४ जनाको उद्दार गरिएको छ । शुक्रबार १३९ जना र बिहीबाटर ३५ जनाको उद्दार गरिएको मनाङ प्रशासनले जनाएको छ ।
विघटित प्रतिनिधिसभा सदस्य पोल्देन छोपाङ गुरुङको पहलमा मनाङको सबैभन्दा विकट नार्पाभूमि गाउँपालिकाको फू गाउँको लेकबाट ५६ जनाको उद्दार गरिएको छ ।
यार्सागुम्बा संकलनका लागि गएका उनीहरु फू गाउँदेखि दुई दिन लाग्ने लेकमा अलपत्र परेको र पोल्देन छोपाङसहितको टोलीले उद्दार गरेको मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले बताए । उनका अनुसार फू गाउँ क्षेत्रको नामयुङ लेक, कुलुङ र लघु लेकबाट ५६ जनाको अल्टिच्युट हेलिकप्टरमार्फत उद्दार भएको छ ।
समुद्री सतहदेखि करीब पाँच हजार मिटर उचाईको लेकाली क्षेत्रबाट उद्दार भएका ५३ जना फू गाउँ र ३ जनालाई चाामेमा ल्याइको छ । फू क्षेत्रकै लेकमा यार्सा टिप्नका लागि गएका अन्य २४ जना सम्पर्कमा आएको र उनीहरुले सुरक्षित रहेको जानकारी गराएको प्रजिअ लामिछानेले बताए । उनीहरु जेठ १५ र १६ गतेतिर लेक गएका थिए । उनीहरुले सुरक्षा दिन नपर्ने र पछि आफैं फर्कने बताएका छन् ।
यस्तै, शुक्रबार नै नासों गाउँपालिका ८, ताचैबाट ५५ जना उद्दार गरिएको छ । १६ जनालाई दानाक्युमा राखिएको छ । अरुलाई चामेमा ल्याइएको छ । यस्तै, ओडारगाउँबाट २८ जना र तालगाउँबाट ५ जनाको उद्दार गरेर चामे ल्याइएको प्रजिअ लामिछानेले बताए ।
उद्दार गरिएका मध्ये केही बिरामी, केही बृद्धबृद्धा, अपांगता भएका, अशक्त गरी २८ जनालाई हेलिकप्टरमार्फत काठमाडौं लगिएको छ । काठमाडौंमा लगिएकाहरु आफ्ना आफन्तकोमा गएको र केहीको उपचार गरिने भएको छ ।
मनाङमा सोमबार रातीदेखि परेको अबिरल बर्षाका कारण ताल गाउँ पुरै डुबानमा छ । चामे गाउँपालिकाको केही घरहरु डुबानमा परेको छ । धारापानीमा सरकारी कार्यालय, प्रहरी चौकी, बैंक, गाउँपालिका कार्यालय, स्वास्थ्य चौकी बगाएको छ । ५३ घर पूर्ण क्षति भएको र २ सय घर जोखिममा रहेको प्रारम्भिक आँकडा रहेको छ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




