एजेन्सी । भारतका प्रख्यात धावक मिल्खा सिंहको कोरोना संक्रमणबाट चन्डीगढ अस्पतालमा निधन भएको छ । पाँच दिन पहिले मिल्खा सिंहकी पत्नी निर्मल मिल्खा सिंहको निधन पनि कोरोनाकै कारण भएको थियो ।
९१ वर्षका सिंहलाई चन्डीगढस्थित पिजीआईएमईआरमा भर्ती गराइएको थियो । जहाँ शुक्रबार उनको स्वास्थ निकै बिग्रियो र धेरै कोसिसका बाबजुद पनि उनलाई बचाउन सकिएन । पिजीआईएमईआर अस्पतालका प्रवक्ता अशोक कुमारका अनुसार शुक्रबार राति ११ः३० बजे मिल्खा सिंहको निधन भएको हो ।
२० मेमा उनलाई अस्पतालको आईसियुमा भर्ना गरिएको थियो । १३ जुनसम्म उनी आईसियुमा थिए र यस दौरान उनले कोरोना पनि जितेका थिए । १३ जनुमा कोरोनाको रिपोर्ट नेगेटिभ आएपनि कोभिड सम्बन्धी समस्या जारी नै रह्यो र उनलाई फेरि आईसियु भर्ना गर्नुप¥यो । यसपटक तमाम कोसिस काबाबजुद चिकित्सकहरुले उनलाई बचाउन सकेनन् ।
फ्लाइंगसिखको नामले प्रख्यात
मिल्खा सिंह भारतका एक्ला त्यस्ता धावक हुन्, जसले ४ सय मिटरको दौडमा एशियाली खेल र कमनवेल्थ खेलकुदमा पनि गोल्ड मेडल जितेका थिए । १९५८ को टोकियो एशियाली खेलकुदमा मिल्खा सिंहले २ सय मिटर र ४ सय मिटरको दौडमा गोल्ड मेडल जितेका थिए । त्यस्तै, उनले १९६२ को जकार्ता एशियाली खेलकुदमा ४ सय मिटर र चार गुणा ४ सय मिटर रिलेमागोल्ड मेडल जितेकाथिए । यस्ता धेरै उपाधिहरु उनको नाममा छन् ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले मिल्खा सिंहसँगको तस्विर शेयर गर्दै उनीप्रति श्रद्धान्जली व्यक्त गरेका छन् । ‘मिल्खा सिंहजीको निधनबाट हामीले एक महान् खेलाडी गुमाएका छौं । असंख्य मानिसहरुको मनमाउनको विशेष स्थानथियो । उनको प्रेरक व्यक्तित्वले लाखौं मानिसहरुलाई प्रेरित ग¥यो । म उनको निधनले आहत छु,’मोदीले ट्वीटरमा लेखेका छन् ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




