
टोकियो/जापान । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिज जापान शाखाको तेस्रो अधिवेशन (२०२१ ०२३ )का लागि सर्वसम्मत रुपमा चयन भएका नयाँ कार्समितिहरुको सपथ ग्रहण तथा पदभार हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।
आईतबार जुम (भर्चुअल )मार्फत भएको सपथ ग्रहण फोनिज जापान शाखाको तेस्रो अधिवेशन ( २०२१ ०२३ )का निर्वाचन संयोजक तथा पत्रकार महासंघ जापानका अध्यक्ष मोहन घलेले सपथ ग्रहण गराएका थिए । गत जुन ६ तारिख सम्पन्न अधिवेशनमा निर्वाचन समितिका सदस्यहरुको समय अभाव कारण सपथ ग्रहण कार्यक्रम गरी बिधिवत रुपमा समापन गर्न सकेको थिएन ।
सपथ ग्रहण कार्यक्रममा उपस्थित नेपाल पत्रकार महासंघ जापान शाखाका उपाध्यक्ष तथा फोनिज जापानका सल्लाहकार कुमार मोक्तान, फोनिज जापानका संस्थापक अध्यक्ष शान्त पहरी, फोनिज जापानका निवर्तमान अध्यक्ष चासिला वाइवा लगायतले शुभकामना ब्यक्त गरेका थिए ।
आईतबार नै सम्पन्न, फोनिज जापानको पहिलो बैठकले जापानमा रहेका जनजाति तथा गैरजनजाति पत्रकारहरुवीच प्रवास पत्रकारिता अनुभव, समस्या सम्भावना अनि भावी दिनहरुमा कसरी सहकार्य गरी जापानबासी नेपालीहरुलाइ सहज रुपमा सुचना सम्प्रेषण गर्ने भन्ने विषयमा रहेर जुम मार्फत अन्तरकृया कार्यक्रम आयोजना गर्ने र समितिमा सल्लाह गरी चाढै मिति र समय घोषणा गर्ने निर्णय भएको फोनिज जापानका सचिव सजिना मोक्तानले जानकारी दिईन् ।
यस्तो छ फोनिज जापान २०२१ २०२३ कार्यकालको योजना तथा प्रतिबद्दताहरु
१ फोनिज केन्द्रले संचालन गर्ने बिभिन्न अभियान आन्दोलनहरुमा बैचारिक तथा आर्थिक रुपमा सक्दो सहयोग गर्ने
२ मातृभाषाको संरक्षण तथा संबर्धनको लागि बिभिन्न अनलाइन न्युज पोर्टलहरुसंग सहकार्य गरी भाषिक कार्यक्रमहरु संचालन गर्ने ।
३ कोरोनाको कारण जापानमा रोजगार गुमाउन पुगेका नेपालीहरुको समस्याको पहिचान गरी रोजगारको लागि पहल गर्न सम्बन्धित क्षेत्रका ब्यक्ति तथा जानकारहरुसंग सल्लाह लिइ सहजिकरणको पहल गर्ने
४ जापानमा रहेका जनजाति तथा गैरजनजाति पत्रकारहरुमा सामुहिकता समूहिक भावना कायम गरी सुचना सम्प्रेषण तथा नेपाली पत्रकारिताको बिकासमा मिलेर अगाडि बढ्ने
५ जापानमा रहेका जनजाति पत्रकारहरुको पेशाप्रति कृयाशिलता र अभिप्रेरित गराउन बिभिन्न तालिम तथा अभ्यासहरु गर्ने वातावरण मिलाउने ।
६ जापानमा रहेका एकल जातिय संस्थाहरुको गतिबिधि तथा समस्याहरु पहिचान गरी संचार पैरवी गर्ने एक अर्कामा रहेको बैमनश्यता हटाउन सहयोग गर्ने
७ जापानमा रहेका आदिवासी तथा गैरआदिवासी जनजातिहरुको बिचार तथा संघसंस्थाहरुको गतिबिधिहरु लिपिबद्द गर्न बार्षिक रुपमा स्मारिका प्रकाशन गर्ने
८ जापानमा रहेका आदिबासी जनजाति तथा गैरआदिवासी जनजाति युवाहरुको क्षमता अभिबृद्दिका लागि पाक्षिक अथवा मासिक रुपमा जुम मार्फत बिभिन्न तालिम तथा सचेतनामुलक कार्यक्रम संचालन गर्ने
९ प्रवासमा रहेरपनि प्रत्रकारिता क्षेत्रमा कृयाशिल जनजाति पत्रकारहरुलाइ हौसल प्रदान गराउने उद्देश्यले फोनिज दिवसको अवसरमा फोनिज प्रवास पत्रकारिता पुरस्कार घोषणा गर्ने
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




