एजेन्सी । युरोपेली च्याम्पियनसिपको समूह बी को अन्तिम चरणको खेलमा जित हासिल गर्दै बेल्जियम समूह विजेता र डेनमार्क उपविजेताका रुपमा अन्तिम १६ मा प्रवेश गरेका छन् ।
बेल्जियमले फिनल्यान्डलाई २–० ले पराजित गर्दा डेनमार्कले भने जित्नैपर्ने खेलमा रसियालाई ४–१ ले पराजित गर्दै नकआउट चरणको यात्रा तय गर्न सफल भएको हो । बेल्जियमले ३ खेलमा ९ अंकका साथ शत प्रतिशत जितको नतिजा निकाल्दै शीर्ष स्थानमा रहेर अन्तिम १६ मा स्थान बनायो ।
डेनमार्क, रसिया र फिनल्यान्डको समान ३–३ अंक रहेपनि तीन टोलीबीच नतिजामा डेनमार्क राम्रो गोलअन्तरका साथ दोस्रो रहँदै नकआउट चरणमा प्रवेश गरेको हो । फिनल्यान्ड ३ अंकका साथ तेस्रो स्थानमा छ र अन्य समूहको नतिजा कुर्नेछ । रसिया भने पुछारमा रहँदै प्रतियोगिताबाट बाहिरिएको छ ।

सेन्ट पिटर्सबर्गमा बेल्जियमले दोस्रो हाफमा गरेको २ गोलको मदतले फिनल्यान्डलाई २–० ले पराजित गर्न सफल रह्यो । बेल्जियमले खेल अवधिभर फिनल्यान्डलाई दबाबमा राखेपनि गोलका लागि ७४ औं मिनेटसम्म कुर्नुपरेको थियो । थोमस भर्मालेनले हेडर गर्दा पोस्टमा लाग्दै आएको बल गोलरक्षक ह्रादेच्कीलाई लाग्दै गोल भएको थियो । ८१औं मिनेटमा रोमेलु लुकाकुले गोल गर्दै बेल्जियमको जित पक्का गरे ।
यस्तै कोपेनहेगनको पार्केन रंगशालामा घरेलु टोलीले रसियालाई हराउँदा बलियो प्रदर्शन ग¥यो । पहिलो हाफको ७ मिनेट समय बाँकी रहँदा मिकेल डाम्सगार्डले गोल गर्दै डेनमार्कलाई अग्रता दिलाए । ५९औं मिनेटमा युसुफ पौलसेनले गोल गर्दै डेनमार्कको अग्रता दोब्बर पारे । ७०औं मिनेटमा रसियाले पेनाल्टीमा गोल गर्दै खेललाई २–१ को अवस्थामा ल्याए ।
७९औं मिनेटमा डिफेन्डर आन्द्रेस क्रिस्टेन्सनले गोल गर्दै डेनमार्कको २ गोलको अग्रता पुनः स्थापना गरे । ८२ औं मिनेटमा जोआकिम माहलेले गोल गर्दै डेनमार्कको जित सुनिश्चित गरे । डेनमार्कले अब अन्तिम १६ मा वेल्सको सामना गर्नेछ । बेल्जियमले भने तेस्रो स्थान हासिल गर्ने मध्य एक टोलीको सामना गर्नेछ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




