{"uid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1624403071163","source":"other","origin":"gallery"}

चिबा/जापान । १० करोड जापानी येन जालसाजी गरि व्यक्तिगतरुपमा प्रयोग गरेको अभियोगमा जापानको चिबा प्रान्तको नोदा सहरमा रहेको एक मेडिकल कर्पोरेसनका पुर्व निर्देशकलाई गिरफ्तार गरिएको छ ।

यसरी गिरफ्तार हुनेमा, चिबाको नोदा सहरमा अवस्थित, केई हारु खाई नामक मेडिकल कर्पोरेसनका पूर्व निर्देशक साकाई कुनिओ रहेको जापानी संचार माध्यमहरुले जनाएका छन् । उनले कर्पोरेसनको खाताबाट १० करोड जापानी येन निकालेर मेडिकल उपकरणहरु आपूर्ती गर्ने कम्पनीलाई जालसाजीपूर्ण तरिकाबाट पठाएको पाईएको बताईएको छ ।

प्रहरीका अनुसार उनले सम २०१६ को अगस्ट उक्त मेडिकल कर्पोरेशनको खाताबाट १० करोड येन निकालेर उक्त कर्पोरेशनमा मेडिकल सामग्रीहरु आपूर्ति गर्ने कम्पनीको खातामा बचत गरिदिएको फर्जि विद्युतीय रसिद बनाई पेश गरेका थिए ।

मेडिकल कर्पोरेशनको वितिय विवरणहरु निरिक्षण गर्नेक्रममा शंकाष्पद रकम विप्रेषण गरिएको पाईएपछि घटना प्रहरीकोमा पुगी, छानबिनको क्रममा रहेको थियो । हालसम्मको अनुसन्धानका अनुसार, तात्कालिन निर्देशक साकाईले कम्पनीका लेखा कर्मचारीलाई व्यक्तिगत कम्प्युटर प्रयोग गरि सो रकम पठाउन लगाएका थिए ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार