एजेन्सी – युरो २०२० अन्तर्गत समूह ‘एफ’बाट फ्रान्स समूह विजेताको रुपमा अन्तिम १६ मा पुगेको छ। यस्तै जर्मनी उपविजेता र साविक विजेता पोर्चुगल उत्कृष्ट तेस्रो टिमको रुपमा अन्तिम १६ मा प्रवेश गरेका छन्।
बिहीवार विहान सम्पन्न खेलमा पोर्चुगल र फ्रान्सले २–२ गोलको बराबरी खेले। पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो र फ्रान्सका फरवार्ड करिम बेन्जिमाले दुई दुई गोल गरेका थिए। खेलको ३०औं मिनेटमा रोनाल्डोले पेनाल्टीमार्फत गोल गरेर पोर्चुगललाई अग्रता दिलाए। पहिलो हाफको इन्जुरी टाइममा बेन्जिमाले पेनाल्टीबाट नै बराबरी गोल फर्काए।
४७औं मिनेटमा बेन्जिमाले गोल गर्दा फ्रान्स २–१ ले अघि रह्यो। ६०औं मिनेटमा रोनाल्डोले दोस्रो पटक पेनाल्टीबाट गोल गर्दा पोर्चुगलले खेल २–२ को बराबरीमा ल्याए । त्यसपछि थप गोल निस्कन नसक्दा खेल बराबरीमा सकियो ।
यता समूहको अर्को खेलमा हंगेरी र जर्मनी पनि २–२ गोलको बराबरि खेले। हंगेरीलाई सुरुवाती अग्रता दिलाउने क्रममा सजालाईले ११औं मिनेटमा पहिलो गोल गरे। तर ६६औं मिनेटमा जर्मनीका हाभर्ट्जले बराबरी गोल फर्काउन सफल भए। ६८औं मिनेटमा हंगेरीले स्चफरको गोलबाट खेलबाट दोस्रो पटक अग्रता लियो। तर ८४औं मिनेटमा गोरेट्ज्काले जर्मनीका लागि बराबरी गोल गरे।
यससँगै फ्रान्स ५ अंक जोडेर समूह विजेता बन्यो। जर्मनी ४ अंक जोडेर समूह उपविजेता बन्दा ४ अंक नै जोडेको पोर्चुगल उत्कृष्ट तेस्रो टिमको रुपमा अन्तिम १६ मा पुग्यो। २ अंक जोडेको हंगेरी बाहिरियो।


प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




