काठमाडौँ, भाद्र १३ ।
नेकपा माओवादी केन्द्र निकट अनेरास्ववियू क्रान्तिकारीको नयाँ नेतृत्वका लागि आज निर्वाचन हुँदैछ । क्रान्तिकारीको २१ औँ राष्ट्रिय सम्मेलन बुधबारदेखि चले पनि सहमतिमा नेतृत्व चयन हुन नसक्दा लम्बिएको हो ।

क्रान्तिकारीमा पहिलो पटक निर्वाचन प्रक्रियाबाट नेतृत्व चयन हुन लागेको हो । नयाँ नेतृत्वका लागि अध्यक्षमा अनिल शर्मा, रञ्जित तामाङ र मदन अर्याल प्रतिस्पर्धामा छन् ।

३३ पदाधिकारीसहित २ सय ४३ पदका लागि करिब तीन सयले उम्मेदवारी दर्ता गराएका छन् । सम्मेलनमा दुई हजार १५ प्रतिनिधि सहभागी छन् ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार