भाद्र१३
स्पेनिस क्लव बार्सिलोनाले नेइमारको ठाँउमा उसमान डेम्बेलेलाई भित्राएको छ । नेइमार विश्व कीर्तिमानी मूल्य २० करोड पाउण्डमा पेरिस सेन्ट जर्मेन पिएसजी गएपछि उनको ठाउँमा बार्सिलोनाले बोरुसिया डर्टमुण्डका फरवार्ड डेम्बेलेलाई अनुबन्ध गरेको हो ।
डेम्बेलेलाई बार्सिलोनाले ९ करोड ६८ लाख पाउण्डमा अनुबन्ध गरेको हो तर यो रकम १३ करोड ५५ लाख पाउण्डसम्म पुग्ने बताइएको छ ।
अनुवन्धसँगै डेम्बेले विश्वका दोस्रो महंगा खेलाडी बनेका छन् ।
डेम्बेलेसँग बार्सिलोनाले पाँच वर्षको सम्झौता गरेको हो । सम्झौतापछि डेम्बेलेले बार्सिलोना आउने आफ्नो सपना पूरा भएकोमा खुशी रहेको बताएका छन् । बार्सिलोनाले डेम्बेले विश्वका उत्कृष्ट खेलाडी मध्ये एक रहेको बताएको छ ।
नेइमार पिएसजी गएपछि बार्सिलोनाले लिभरपुलका फिलिप कोन्टिन्होलाई भित्राउन गरेको पटक पटकको प्रयास असफल भएको थियो । डेम्बेलेले एघार नम्बरको जर्सी लगाएर बार्सिलोनाका लागि खेल्नेछन् । उक्त जर्सी यसअघि नेइमारले लगाउने गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




