काठमाडौं । चीनले नेपालका लागि कोरोनाविरुद्धको थप १६ लाख डोज खोप अनुदानमा दिने भएको छ। शुक्रबार नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटवार्तामा यस्तो जानकारी दिएकी हुन्। चिनियाँ प्रधानमन्त्री ली कछ्याङले नेपालका लागि थप खोप अनुदानमा दिने निर्णय गरेको उनले जानकारी दिएकी हुन्।
भेटका क्रममा खोपसहित दुई देशबीचको अन्य सम्बन्धका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। थप १६ लाखसहित चीनले नेपालमा अनुदानका रूपमा मात्र ३४ लाख डोज खोप दिनेछ। हालसम्म मित्रराष्ट्रका रूपमा सबैभन्दा बढी खोप अनुदानमा उपलब्ध गराउने राष्ट्रमा चीन हुनेछ ।
अनुदान दिने र खरिद प्रक्रियाबाट बढी खोप दिने राष्ट्रमा पनि चीन नै हुने स्थिति रहेको अहिलेसम्मको खोपको तथ्यांकले औंल्याएको छ। यसअघि अनुदानका रूपमा भारतले ११ लाख खोप अनुदानस्वरूप दिएको थियो। दुई देशबाट गरी नेपाललाई ४५ लाख डोज अनुदानमा आइसकेको छ। चीनले थप अनुदान खोप दिनुको पछि खोपको व्यापारिक सम्बन्ध बढाउने नीति हुन सक्ने खोप विज्ञहरूको अनुमान छ।
चीनले नयाँ सरकारसँगको छिमेकी सम्बन्ध बढाउन पनि खोप दिएको हुन सक्ने राष्ट्रिय इपिडिमोलोजी महाशाखाका पूर्वप्रमुख डा। बाबुराम मरासिनी बताउँछन्। ‘पूर्वसरकारसँग चिसिएका सम्बन्धलाई पुनस्र्थापित गर्न पनि हुन पनि सक्छ,’ मरासिनीले भने। ‘खोपको व्यापार नीतिस्वरूप पनि अनुदानमा खोप दिएको हुन सक्छ,’ कोभिड–१९ विरुद्धको खोप सल्लाहार समितिका संयोजक डा। श्यामराज उपे्रतीले भने।
छिट्टै उपलब्ध हुने खोपमा चीनबाट अनुदानमा आउने १० लाख, खरिद प्रक्रियाबाट ४२ लाख र जापानबाट आउने १६ लाख र भारतबाट खरिद प्रक्रियाबाट आउने थप १० लाख खोपसहित ६८ लाख डोज खोप हुनेछ। यसअघि नै अमेरिकाबाट कोभ्याक्स फ्यासिलिटीअन्तर्गत आएको १६ लाख खोपसहित ५० लाख जनसंख्याले खोप पाउनेछन्।
गत साता चीनबाट ल्याइएको ८ लाख खोपसहित ५४ लाख जनसंख्याले एक महिनाभित्रमा खोप पाउने स्थिति देखिएको छ। योसहित ७७ लाख २० हजार ८ सय १३ जनाले कोभिड–१९ विरुद्धको दोस्रो डोज खोप लगाइसक्नेछन्। त्यसैगरी थप खोप अमेरिकाको मोर्डना र फाइजर कम्पनीको खोप खरिद गर्ने प्रक्रिया स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अघि बढाइरहेको मन्त्रालय स्रोतले जनाएको छ। आजको नागरिक दैनिकमा समाचार छ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




