भाद्र १४
काठमाडौं– सरकारले प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन दुई चरणमा गर्ने निर्णय गर्दै मंसिर २१ गतेको अर्को मिति तय गरेको छ ।
सरकारले यसअघि दुवै निर्वाचन एकै पटक गर्ने भन्दै मंसिर १० गतेको मिति तोकेको थियो । तर, आज बसेको मन्त्रिपरिषद् बैठकले निर्वाचन आयोगबाट प्राप्त सुझावका आधारमा दुई चरणमा चुनाव गर्ने गरी दोस्रो चरणको निर्वाचन मिति मंसिर २१ गतेलाई तोकिएको सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता मोहन बस्नेतले जानकारी दिए ।
दुई चरणमा चुनाव गरिने भएपनि कुन जिल्लामा कुन चरणमा गर्ने भन्नेबारे चाहि स्पष्ट पारिएको छैन । निर्वाचन आयोगसँग परामर्शको आधारमा सोबारे थप निर्णय लिइने बस्नेतले बताए ।
बस्नेतले प्रदेश प्रमुख र प्रदेशको राजधानीको बारे राजनीतिक सहमतिको आधारमा राजनीतिक समितिले निर्णय गर्ने बताए ।
प्रदेश प्रमुख र प्रदेशको राजधानीबारे राजनीतिक सहमतिका आधारमा छलफल गरी निर्णय लिने निश्कर्ष निकालेको मन्त्रिपरिषद् बैठकले संबैधानिक परिषद्बाट पदाधिकारी सिफारिस गर्ने गरी राष्ट्रिय प्रकृति तथा वित्त आयोग गठन गर्ने निर्णय गरेको छ ।
यस्तै, सरकारले एशियाली विकास बैंकबाट भन्सार क्षेत्रको सुधार तथा आधुनिकीकरणका लागि प्राप्त १५ अर्ब ४८ करोड रुपैयाँ ऋण अनुदान सहायता स्वीकार गर्ने निर्णय पनि गरिएको छ ।
यस्तै केही प्रहरी बरिष्ठ उपरिक्षक पद खारेज गरी प्रहरी नायक महानिरिक्षक पदको दरबन्दी सृजना गर्ने बारे पनि छलफल भएको छ । तर, निर्णय भइनसकेको सरकारका प्रवक्ता बस्नेतले जानकारी दिए ।
चार सचिवको सरुवा
बैठकले चार जना सचिवहरुको सरुवा गर्ने निर्णय पनि गरेको छ । भूमिसुधारबाट आपूर्ती मन्त्रालयमा कृष्णराज देवकोटालाई लाने निर्णय मन्त्रिपरिषद्को बैठकले गरेको छ । त्यस्तै, भूमिसुधारमा शम्भु कोइराला, खानेपानी तथा सरसफाई मन्त्रालयमा कृष्णराज बिसी र पर्यटन मन्त्रालयमा महेश्वर न्यौपानेलाई सरुवा गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




