भक्तपुर, भाद्र १४
नेपालमजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले ठूला पार्टीका एक तिहाई केन्द्रीय सदस्य बिदेशी एजेन्टको रुपमा काम गरिरहेको आरोप लगाएका छन् ।

रफत सञ्चार क्लबले बुधबार भक्तपुरमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै बिजुक्छेंले नेपालका हरेक निर्णय गर्दा नेपालीले भन्दा पहिले नै बिदेशीहरुले जानकारी पाउनु र पूर्व योजना अनुुसार काम गर्न सफल हुनुमा हरेक ठूला दलका तिनै एक तिहाई बिदेशी एजेन्टहरुको भूमिका रहेको बताएका हुन् ।

उनले प्रधानमन्त्री शेरबहादुर देउवाले भारत भ्रमणमा दिएको अभिब्यक्ति संसदको मर्यादा बिपरित रहेको र के बोल्ने भन्ने बारे जानकारी समेत नरहेको बताए । देउवाले पहिले नै गरेको प्रतिवद्धताको पालनागर्दै भारतका प्रधानमन्त्रीका अघि त्यस्तो अभिब्यक्ति दिएको हुन सक्ने उनले बताए ।

उनले निर्वाचन आयोगले निर्वाचनकालागि तोकेको समयमै निर्वाचन सम्पन्न हुने भन्दै निर्वाचन आयोगलाई सरकारले प्रभाव र दबावमा पारी मिति परिवर्तन लगायत अन्यका कामगर्नु देशको हितानुकुलनहुने बताए ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार