टोकियो । टोकियो ओलम्पिक २०२० अन्तर्गत जुडोकी सोनिया भट्ट महिला ४८ केजी तौल समूहको पहिलो खेलमा रसिया ओलम्पिक कमिटिकी इरिना डोल्गोभासँग पराजित भएकी छिन् ।

राउन्ड अफ ३२ को प्रतिस्पर्धामा सोनिया १ मिनेट १६ सेकेन्डसम्म प्रतिस्पर्धामा रहेकी थिइन् । इरिनाले इप्पन जोड्दै सोनियालाई पराजित गरेकी हुन् । ।

रेपेचेजमा पुनः प्रतिस्पर्धाको अवसर पाउने भएपनि सोनियालाई हराएकी इरिनाले प्रि–क्वाटरफाइनलमा चाइनिज ताइपेइकी लिन चेन हाओसँग गोल्डेन स्कोरमा पराजित हुन परेपछि सोनियाको पनि चुनौती समाप्त भएको हो । ताइपेइकी लिन चेन आहोले वाजा रीमा गोल्डेन स्कोर गरिन् ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार