सिन्धुपाल्चोका । हेलम्बु गाउँपालिका–१ चिउरीखर्क गरिब मगर र दलित बस्ती हो । विसं २०७२ को भूकम्पले थिलोथिलो भएको उक्त बस्ती बासिन्दाले आफ्नो थातथलोमा बस्न नसक्ने भएपछि सडक छेउ मोहीबापत कमाउँदै आएको जग्गामा भूकम्पको बेला पाएको रकमले घर बनाए ।
घर बनाएको तीन वर्ष नपुग्दै गत असार १ गते मेलम्ची खोलामा आएको बाढीले न घर रह्यो, न आफूले मोहीबापत कमाउँदै आएको जमिन नै ।भूकम्प होस् वा बाढी पहिरोको विपद्, यसको सबैभन्दा बढी मार भुइँमान्छेलाई पर्छ । यसको मार आज चिउरीखर्कका गरिब जनताले बेहोरिरहेका छन् ।
पटक–पटकको प्राकृतिक प्रकोपका कारण यो बस्तीका मानिसको जीविका उकासिनुको साटो झन भासिएको छ । चिउरीखर्कका गोपाल थापामगर भन्छन्, “भूकम्पमा बनाएको घरको ऋण तिर्न सकेको छैन अर्को विपत्ति झेल्नुप७थभलसयो । न घर रह्यो न जग्गा, अब कसरी जीविका धान्ने ।”
चिउरीखर्कमा यस्ता २२ घरधुरी छन् । सबैको अवस्था उही, न घर रह्यो न जमिन । भूकम्पका कारण विस्थापित भएका उक्त बस्तीका बासिन्दा अब पुरानै थातथलोमा बस्न बाध्य छन् तर आशा भने मारेका छैनन् । काले कामी भन्छन्, “जे हुनु भयो अब पुरानो थातथलोमा फर्कनेबाहेक अरु विकल्प छैन । यहीँ घर बनाउने र पाखो फाँडेर खेती लगाउन शुरु गर्ने हो, बच्नु त प¥यो ।”
त्यसैले उनीहरुले पुरानै थलोमा अस्थायी आवास बनाउन शुरु गरिसकेका छन् । उक्त समुदायमा गाउँपालिकाको डिजाइनअनुसार स्टार्ट फण्डको सहयोगमा केयर नेपाल, पिपुल इन नीड र सामुदायिक आत्मनिर्भर सेवा केन्द्रको सहकार्यमा २० वटा तीन कोठे अस्थायी आवास निर्माण भइरहेका छन् ।
वर्षायाम, दिनहुँको झरी र घामले बस्न धौ–धौ भएको बेला निर्माणाधीन अस्थायी आवासले चिउरीखर्कवासीको मनमा बाढीको पीडा भए पनि मुहारमा हाँसो थपिएको छ । नजिकिँदो चाडबाडमा बास र गाँस गुमाउँदाको पीडामा तत्काल घर बनाउन पाउँदा उनीहरुको मुहारमा हाँसो थपिएको हो ।
चन्द्रकुमारी थापामगर भन्छन्, “बाढीमा बाँचेको शरीरलाई जोगाउन त्रिपाल हालेर बसेका छौँ । घाम र पानीमा बस्न धेरै धौ–धौ भएको छ । त्यसैले हामी सबै मिलेर घर बनाउन जुटेका छौँ । एक महिनापछि पुरानै थलोमा सर्ने योजना छ । त्यही घरमा बसेर चाडबाड मान्ने हो ।”
कूल १०७ घरपरिवार विस्थापित रहेको तथ्याङ्क रहे पनि करिब ९० घर पूर्णरूपमा क्षति भएको गाउँपालिकाका अध्यक्ष निमाग्याल्जेन शेर्पाले बताए । उनले अहिले अस्थायी आवास निर्माणलाई प्राथमिकता दिइएको र सरकारले दिने भनेको रु पाँच लाख आउने बित्तिकै स्थायी आवासका निम्ति काम थाल्नेसमेत जानकारी दिए ।
गाउँपालिकाले बनाएको मापदण्ड र प्राविधिक लागतअनुसार एकै किसिमको घर निर्माण गर्ने लक्ष्य लिइएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाको प्राविधिक ‘स्टमेट’अनुसार रु तीन लाख ६६ हजार बराबरको अनुमानित लागतमा निर्माण हुने घरमा दुई कोठा, भान्छा, शौचालय र धारा हुनेछन् ।
इन्द्रेणीले १७ तथा हेल्बटास र पिनले ४२ अस्थायी आवास र देशभरका कलाकारद्वारा सञ्चालित सिन्धु सहयोग कोषको समूहले ४३ वटा पक्की घर निर्माण गरिदिने भएको अध्यक्ष शेर्पाले बताए । यही असार १ गते मेलम्ची नदीमा आएको भीषण बाढीले ठूलो क्षति पु¥याएको थियो ।
बाढीले मेलम्ची खानेपानी ड्याम, तिम्बु बजार, चनौटे बजार, तालामाराङ बजार, मेलम्ची बजारलगायतको क्षेत्र क्षतविक्षत बनाएको थियो । बाढीले हेलम्बु गाउँपालिका र मेलम्ची आसपासका २५४ घर पूर्ण क्षति भएका थिए भने ६९६ घरधुरी विस्थापित भएका थिए ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




