काठमाडौं । हेल्मेट नलगाइ मोटरसाइकल चलाएका पूर्वयुवराज पारस शाहले प्रहरीमाथि दुर्व्यवहार गरेका छन् । शुक्रबार साँझ हेल्मेट नलगाइ मोटरसाइकल चलाएपछि प्रहरीले उनलाई महाराजगञ्जस्थित नारायणगोपाल चोकमा समातेको थियो ।

सो क्रममा उनलाई सम्झाउने प्रयास गरिरहेका प्रहरीसित उनी वादविवादमा उत्रिएको सार्वजनिक भिडियोमा देखिन्छ । एक जना प्रहरीले समातेर कतै लजाने प्रयास गर्दा उनले धक्का दिँदै पटक– पटक जान्न भनेको सुनिन्छ । त्यहाँ उनीले प्रहरीसँग केहीबेर वादविवाद पनि गर्छन् ।

त्यसपछि ड्युटीमा खटिएका प्रहरीले उच्च अधिकारीलाई घटनाबारे रिपोर्ट गर्छन् । उच्च अधिकारीको छाड्नु भन्ने आदेशपछि पारस हेल्मेटबिनै मोटरसाइकलमा सवार भई समर्थकसहित हुँकिन्छन् ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार