सांकेतिक तस्विर

गोरखा । छोरी बलात्कारको आरोपमा गारखा पालुङटार नगरपालिका–८ का ३७ वर्षीय बाबु र ३२ वर्षीय काका पक्राउ परेका छन् । बलात्कृत बालिकाको स्वास्थ्य अवस्था बिग्रँदै गएपछि सोधपुछ गर्दा बाबु र काकाबाट बलात्कृत भएको खुलेको प्रहरीले जनाएको छ ।

आरोपित दुवैलाई प्रहरीले साउन २२ गते पक्राउ गरेको हो । ३७ वर्षीय बाबुले विगत दुई वर्षदेखि बालिकालाई ललाईफकाइ बलात्कार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी प्रकाश दाहालले बताए । पीडित बालिकाको ३२ वर्षीय काकाले २०७७ साल कार्तिकमा फकाइ फुलाई बलात्कार गरेको जिल्ला प्रहरी कार्यालयमा दिएको जाहेरीमा उल्लेख छ ।

पीडित बालिका गत वैशाखमा बिरामी परेपछि स्थानीय अस्पतालमा उपचार गराइएको थियो । तर निको नभएपछि असार २७ गते काठमाडौं थापाथलीस्थित प्रसूति गृह पुर्‍याइएको थियो । उपचारको क्रममा बालिकाको पाठेघरमा समस्या देखिएपछि पीडितको फुपूले बालिकालाई फकाइफुलाई सोद्ध्दा बाबु र काकाबाट बलात्कृत भएको बताएकी थिइन् ।

पीडितको फुपूमार्फत नै साउन २२ गते प्रहरीमा उजुरी दर्ता भएको डिएसपी दाहालले बताए । उनका अनुसार पीडित बालिकाको आमाले दुई वर्षअघि दोस्रो विवाह गरिसकेकी थिइन् । आइतबार आरोपितविरुद्ध जिल्ला अदालत गोरखामा जबरजस्ती करणी शीर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार