काठमाडौं । काठमाडौं उपत्यकामा बिहीबार साँझ ८ बजेबाट निजी र सार्वजनिक सवारी संचालनमा रोक लगाइएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीले सो निर्णय गरेका हुन् ।

‘साँझ ८ बजेभित्र गन्तव्यमा पुगि सक्नुपर्छ’ भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराइले भने– ‘८ बजेबाट निजी र सार्वजनिक दुवै सवारी चलाउन रोक लगाउने निर्णय गरेका छौं ।’

निषेधाज्ञाको अरु मोडालिटी पहिलेकोलाई नै निरन्तरता दिइएको भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले बताए । निषेधाज्ञाको समय भदौ ८ सम्म थप गरिएको छ ।

 


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार