विराटनगर । मोरङ बेलबारीका सुभाष तामाङले जीवित हुँदै परिवारले मृत्यु दर्ता गरिदिएपछि फेरि जीवित भएको प्रमाण प्राप्त गर्न कति दुःख र हन्डर खानुपर्छ भन्नेमा गतिलो उदाहरण बनेका छन् । उनले आफु जीवितै भएको प्रमाण प्राप्त गर्न तीन वर्ष कुर्नुमात्र परेन, निकै सास्ती झेल्नु प¥यो ।
पञ्जीकरणमा मृतक उल्लेख भएको तर आफू जीवितै रहेको अवस्थामा उनले नागरिकताका लागि स्थानीय तहदेखि गृह मन्त्रालयसम्म तीन वर्षदेखि भौंतारिनु परे पनि बल्ल आफू जीवित रहेको प्रमाणपत्र प्राप्त गरेका छन् । तीन वर्ष धाएपछि बल्ल बिहीबार सुभाषले नागरिकता प्राप्त गरे । उनले आफू जीवित भएको प्रमाण पनि प्राप्त गरेका छन् ।
उनलाई मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले नागरिकताको प्रतिलिपि हस्तान्तरण गरेका छन् । निरौलाले मृत्युदर्ता हुनु अघि भोजपुरबाट बसाई सराई गरेर मोरङ आएको प्रमाणको आधारमा सुभाषको मृत्युदर्ता झुटो ठहर भएपछि नयाँ नागरिकता दिएका हुन् ।
उक्त निर्णयसँगै सुभाषलाई प्रजिअ निरौलाले जिल्ला प्रशासन कार्यालय भोजपुरबाट २०६० पुस २१ गते जारी भएको ४८४१–११–२५४४ नम्बरको पुरानै नागरिकताको नयाँ प्रतिलिपि हस्तान्तरण गरेका हुन् । ढिलै भए पनि नागरिकता पाएकोमा आफूलाई खुसी लागेको र संसारै जितेको अनुभव भएको बताएका छन् ।
घटना यस्तो थियो
पाँच वर्ष अघि वैदेशिक राजगारीका लागि सुभाष साउदी अरब पुगेका थिए । २०७२ असार २५ गते सडक दुर्घटनामा उनको मृत्यु भएको खबर दूतावासमार्फत आएको थियो । दुर्घटनामा दुई जनाको मृत्यु र दुई जना घाइते भएका थिए । दुई मृतकमध्ये एकजना सुभाष नै भएको भन्दै उनी कार्यरत कम्पनीमार्फत शवलाई साउदीबाट नेपाल पठाइएको थियो ।
शव आएपछि परिवारका सदस्यले बुझेर परम्परा अनुसार दाहसंस्कार समेत गरेका थिए । तर सुभाषको भनिएको शव भने सोही दुर्घटनामा परेका बागलुङ जिल्लाको ढोरपाटन–६ का तेजेन्द्र भण्डारीको भएको पछि खुलेको थियो ।
त्यतिबेला भोजपुर जिल्लाको साविक कुदाकाउले गाविस–९ ९हालको षडानन्दा नगरपालिका–२० मा रहेका परिवारले २०७२ साउन ६ गते सुभाषको मृत्यु दर्ता गरेका थिए । तर पछि उनी जीवितै रहेको खबर आएको थियो ।
घर परिवारले काजकिरिया समेत गरिसकेका कारण सुभाष साउदीबाट फर्किएपछि न्वारन लगायतका धार्मिक संस्कार पुनः दोहो¥याएर गरेका थिए । कुदाकाउलेबाट मोरङको बेलबारी नगरपालिका–११ मा बसाई सरेर आएपछि आफु जीवित रहेको भन्दै नागरिकताका लागि उनले स्थानीय तहदेखि गृह मन्त्रालयसम्म धाउनु परेको थियो । पञ्जीकरणमा मृत्यु घोषित भइसकेका कारण उनलाई सरकारी कार्यालयबाट सेवा लिन समस्या भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




