काठमाडौं । बेलायत सरकारले लगाउँदै आएको अन्तरर्राष्ट्रिय यात्रा प्रतिबन्ध ‘रेड लिस्ट’ लाई शनिबार पुनरावलोकन गर्दा नेपाल भने अझै बेलायतको यात्रा प्रतिबन्ध सम्बन्धि नियमको खतरनाक सूची अर्थात ’रेड लिस्ट’ मा नै रहेको छ ।
बेलायत सरकारले सेप्टेम्बर २२ बिहानबाट लागू हुनेगरी बंगलादेश, श्रीलंका, पाकिस्तान, माल्दिभ्स, इजिप्ट, टर्की, ओमान र केन्यालाई रेड लिस्टको सूचीबाट हटाउने भएको छ । दक्षिण एसियाका चारवटा मुलुक रेड लिस्टबाट हट्दा पनि नेपाललाई भने बेलायत सरकारले अझै हटाएको छैन ।
भारतलाई यसअघि नै रेड लिस्टबाट हटाइएको छ भने दक्षिण एसियाली मुलुकहरुमा नेपाल र अफगानिस्तान रेड लिस्टमा नै छन् । बेलायतको रेड लिस्टमा अझै चार दर्जन भन्दा बढी मुलुकहरु रहेका छन् ।
कोरोना संक्रमणका आधारमा बेलायतले विभिन्न मुलुकलाई रेड, एम्बर र ग्रीन गरि तीनवटा श्रेणीमा विभाजन गरेको थियो । तर, आउँदो अक्टुबर ४ तारिखबाट भने ग्रीन र एम्बरलाई हटाएर रेड मात्र कायम गरिने बेलायतका यातायात मन्त्री ग्रान्ट श्याप्सले शुक्रबार बताए ।
यसैगरी रेड लिस्टबाहेकका मुलुकबाट बेलायत आउँदा दुवै डोज खोप लगाइसकेकाहरुले दुई दिनपछि पीसीआर टेष्ट गर्न नपर्ने भएको छ । यसको सट्टामा सस्तो र सहज खालको प्रविधि मात्र लागू गरिनेछ । पीसीआर परिक्षण गर्ने कार्य झन्जटिलो र महँगो भएको भन्दै यसअघि विरोध गर्दै आएका पर्यटन व्यवसायीहरुले सरकारको यस निर्णयलाई स्वागत गरेका छन् ।
तर, अध्ययनका लागि बेलायत आउने विद्यार्थीहरूका लागि भने अधिकांश विश्वविद्यालयद्वारा होटल क्वारेन्टिनबापतको रकम पचास प्रतिशतसम्म छुट दिने गरेको छ । नेपाललाई रेड लिस्टबाट हटाउन नेपाली दूतावास लन्डन लगायत स्थानीय नेपाली संघसंस्थाले पनि पहल गर्दै आएका छन् ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




