एजेन्सी । भारतले चीनमाथि लाइन अफ एक्चुअल कन्ट्रोल (एलएसी) मा सैनिकको सङ्ख्या बढाइरहेको आरोप लगाएको छ । भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले बिहीबार चीनले सीमा क्षेत्रमा हतियारको तैनाथी पनि बढाएको आरोप लगाएका हुन् ।
उनले भारतले चीनको पछिल्लो गतिविधिमाथि नजर राखिरहेको स्पष्ट पारे । पत्रकार सम्मेलनका दौरान बागचीले भने, ‘चीनले उक्साउने हर्कत गर्दै एलएसीमा बदलावको प्रयास गरिरहेको छ । तर, भारतलाई आफ्नो सीमाको रक्षा गर्न आउँछ । हामी हाम्रो हकहितको सुरक्षाका लागि तयार छौँ ।
बुधबार चीनको विदेश मन्त्रालयका प्रवक्ता हुआ चुनियाङले भारतीय सेनामाथि गैरकानुनी ढङ्गले चीनको जमिनमा कब्जा जमाइरहेको आरोप लगाएकी थिइन् । भारतीय विदेश मन्त्रालयले भने चीनको दाबी र आरोपलाई खण्डन गर्दै उल्टै चीनले सीमामा सैन्य तैनाथी बढाइरहेको आरोप लगाएको छ ।
‘हामीले एलएसीमा जुन तैनाथी गरेका छौँ, त्यो चीनको तयारीको जवाफ हो । यदि चीनको तर्फबाट केही हरकत हुन्छ भने भारतले पनि त्यसको जवाफ दिने अधिकार छ । हामी लद्दाखमा समाधान नभएका मुद्दा वार्ताको माध्यमबाट चीनले टुङ्गाओस् भन्ने चाहन्छौँ,’ बागचीले भने ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




