काठमाडौं, २८ भदौं । मलेसियामा जारी एसीसी यू–१९ एसिया कप छनोट अन्र्तगतको इस्टर्न क्षेत्रको छनोटको दोस्रो खेलमा नेपालले ५१ रनको लक्ष्य पाएको छ ।
मलेसियास्थित किनरारा ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको भुटानले २८ ओभरमा अलआउट हुँदै ५० रन मात्र बनाउन सक्यो । नेपालले केही बेरमा ब्याटिङ गर्नेछ भुटानका टासी फुन्टोशोले १६ तथा उगेन दोर्जीले १३ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । भुटानलाई सस्तैमा समेट्न नेपालका कप्तान दीपेन्द्र सिंह ऐरीले ८ ओभरमा २३ रन खर्चिएर ५ विकेट लिए । यस्तै सन्दिप लामिछानेले ७ ओभरमा ७ रन खर्चिएर ४ विकेट लिए भने नन्दन यादवले एक विकेट लिए । पहिलो खेलमा थाइल्याण्डलाई पराजित गरेको नेपाली टोली आज भुटानलाई पराजित गर्दै दोस्रो चरणमा पुग्ने योजनामा रहेको छ । सोमबार भएको पहिलो खेलमा नेपालले थाइल्याण्डलाई २५५ रनले पराजित गरेको थियो । यता, भुटान भने पहिलो खेलमा सिंगापुरसँग ९ विकेटले पराजित भएको थियो ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




